काठमाडौँ । नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । बिहीबार लाई तय भएको मतदान मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नहुँदा रोकिएको थियो ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु हुने जानकारी दिएका छन् ।
नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । काँग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ ।
एक जनाले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ ।



