काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। सरकारले सिफारिस गरेका तीनवटा अध्यादेशमध्ये राष्ट्रपतिले विपद्सम्बन्धी अध्यादेश मात्रै जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी भएको हो।
सरकारले विपद्सम्बन्धी अध्यादेशसँगै भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। तर, राष्ट्रपति पौडेलले विपद्सम्बन्धी अध्यादेश मात्रै जारी गरेका छन् ।





[…] prasashan.com […]
[…] prasashan.com […]