२३ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँ-तिहार लक्षित बजार अनुगमन: काठमाडौँ महानगरद्वारा बागबजारका पसलमा छापा

अ अ+ अ-

काठमाडौँ । विजया दशमी, तिहार र छठलगायतका चाडपर्व नजिकिएसँगै बजारमा हुनसक्ने कालोबजारी र अखाद्य वस्तुको विक्री नियन्त्रण गर्न काठमाडौँ महानगरपालिकाले अनुगमन अभियानलाई तीव्रता दिएको छ । 

सोही क्रममा शुक्रवार महानगरको टोलीले बागबजार क्षेत्रका विभिन्न खाद्यान्न पसलहरूमा आकस्मिक अनुगमन गरेको हो । 

चाडपर्वको समयमा उपभोग्य वस्तुको माग उच्च हुने र सोही मौका छोपी अस्वस्थ प्रतिस्पर्धा गर्ने प्रवृत्तिलाई रोक्न महानगरले अनुगमनको दायरा फराकिलो बनाएको हो । 

बागबजारका पसलहरूमा पुगेको महानगरको टोलीले खाद्यान्नको गुणस्तर, मूल्य सूची, र म्याद सकिएका सामग्रीहरूको अवस्थाबारे स्थलगत जाँच गरेको थियो । 

अनुगमनका क्रममा महानगरले व्यापारीहरूलाई उपभोक्ताको स्वास्थ्यमा खेलबाड नगर्न र तोकिएको मूल्यभन्दा बढी मूल्य नलिन सचेत गराएको छ । 

चाडपर्वमा उपभोक्ताहरू ठगिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले यस्तो कदम चालेको जनाएको छ । 

महानगरका अधिकारीहरूका अनुसार अनुगमन टोलीले विशेष गरी दैनिक उपभोग्य वस्तुको शुद्धता, भण्डारण अवस्था र लेबलमा हुने त्रुटिहरूलाई केन्द्रित गरेको छ । 

नियमविपरित पाइएका पसलहरूलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ भने बारम्बार लापरबाही गर्नेलाई कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ । 

यो अभियान दसैँ, तिहार र छठसम्मै निरन्तर जारी रहने महानगर स्रोतले जनाएको छ ।

0 Comments