२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित

अ अ+ अ-

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी भएको छ । जारी लिग-२ मा नेपालको १२औँ जित हो। यो जितपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना बढेको छ ।

आज भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ दशमलव चार ओभरमा २११ रनमा अलआउट भयो । उसका लागि आरोन जोनसनले ४४, सीमित गोहेलले ३५, अखिल कुमारले अविजित ३०, श्रेयस मोभ्वा र हम्जा तारिकले २६/२६ रन जोडे ।

बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक देखिएन । नेपालका लागि बलिङतर्फ ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले दुई–दुई विकेट लिए । त्यसअघि मस्कटस्थित अल अमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सानदार पारी खेले । उनले १०७ बलमा आठ चौका र एक छक्कासहित १०१ रनको पारी खेलेका हुन् । यस्तै, गुलशन झाले ४८ बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन जोडे । क्यानडाका लागि बलिङमा अखिल कुमारले सर्वाधिक चार विकेट लिए ।

यो जितपछि नेपाल अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । नेपालले अहिलेसम्म ३३ खेलमध्ये १२ खेलमा जित र १९ खेलमा पराजय व्यहोरेको छ । यस्तै, नेपालले दुई खेलमा अंक बाँडेको छ ।

0 Comments