काठमाडौँ । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा जीटीटीएफ लिडर्स कन्फ्रेन्स मंगलवार सम्पन्न भएको छ । कन्फ्रेन्सको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे ।
एक दिने कन्फ्रेन्समा १ सय २० जनाको सहभागिता रहेको तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । वरिष्ठ प्रशिक्षक श्रेष्ठको सहयोगमा ग्लोबल ट्रेडिसनल तेक्वान्दो फेडेरेसन (जीटीटीएफ) का अध्यक्ष जुन लिले कन्फ्रेन्स सञ्चालन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनओसीका अध्यक्ष श्रेष्ठले कोटेश्वर तेक्वान्दो डोजोङ राम्रो खेलाडी उत्पादन गर्ने डोजाङका रूपमा स्थापित भएको बताउँदै कन्फ्रेन्सले सहभागीको आत्मविश्वास वृद्धिमा पनि सहयोग पुग्ने धारणा व्यक्त गरे ।
वरिष्ठ प्रशिक्षक श्रेष्ठले कन्फ्रेन्स सञ्चालनका लागि दक्षिण कोरिायबाट आएका अध्यक्ष लिलगायत सबैलाई धन्यवाद दिए । कार्यक्रममा जीटीटीएफकी उपाध्यक्ष हियोक लि जीटीटीएफ नेपालका अध्यक्ष सुरेन्द्र पराजुली लगायतको उपस्थिति रहेको थियो ।




