२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको अभिमत दुरुपयोग गरेर हुर्मत नलिन आफ्नै नेता-कार्यकर्तालाई रवि लामिछानेको चेतावनी

सत्ता र शक्तिको दम्भ त्याग्न आग्रह गर्दै भने : 'पद पाउनेले साथी नबिर्सिनू, नपाउनेले ईर्ष्या नगर्नू'

अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताबाट प्राप्त अभिमतलाई शक्ति प्रदर्शन र नागरिकमाथि दम्भ देखाउने माध्यम नबनाउन पार्टीका सांसद तथा नेता-कार्यकर्तालाई चेतावनी दिएका छन्।

उनले राजनीतिक शक्ति बढेसँगै जिम्मेवारी बोध र जनताप्रतिको जवाफदेहिता पनि बढ्नुपर्ने बताएका छन्।

शुक्रबार चितवनमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै लामिछानेले सरकार र प्रशासनमा पहुँच भएको भन्दै जनताको अपमान गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे। पार्टीले आफ्ना जनप्रतिनिधि तथा नेता-कार्यकर्ताको व्यवहार निगरानी गरिरहेको उल्लेख गर्दै उनले जिम्मेवार आचरण प्रदर्शन गर्न निर्देशन दिए।

‘आज हामी ठुला पार्टी भयौँ, हाम्रा हातमा पुलिस छन्, हाम्रा हातमा सीडीओ छन् भन्ने दम्भ त्याग्नुपर्छ,’ उनले भने, ‘जनताले दिएको यो अभिमत जनताकै हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला। पार्टीले यो सबै नियालिरहेको छ।’

लामिछानेले राजनीतिक शक्ति प्राप्त हुनु विशेषाधिकारभन्दा बढी जिम्मेवारीको विषय भएको बताए। बढी अधिकार र प्रभाव प्राप्त गरेका बेला अभिव्यक्ति तथा व्यवहारमा संयमता अपनाउनुपर्नेमा उनले जोड दिए।

उनले पार्टीभित्र निर्वाचित जनप्रतिनिधि र अन्य नेता-कार्यकर्ताबीच बढ्न सक्ने दूरीप्रति पनि चिन्ता व्यक्त गरे। सांसद बनेकाहरूले विगतमा सँगै संघर्ष गरेका साथीलाई बेवास्ता गर्ने र पदमा पुग्न नसकेकाहरूले निर्वाचित प्रतिनिधिप्रति ईर्ष्या गर्ने दुवै प्रवृत्ति गलत भएको उनको भनाइ थियो।

सँगै राजनीतिक यात्रा गरेका साथीले अवसर पाउँदा त्यसलाई व्यक्तिगत प्रतिस्पर्धा वा असन्तुष्टिको विषय बनाउन नहुने उनले बताए। ‘सँगै संघर्ष गरेको साथी आज सांसद भएको छ भने भोलि तपाईँको पालो हो,’ उनले भने।

पद प्राप्त गरेका व्यक्तिले आफूलाई अरूभन्दा माथि ठान्ने र अवसर नपाएकाले आपसी खिचातानी गर्ने व्यवहारले पार्टीभित्रको एकता कमजोर बनाउने भन्दै उनले दुवै पक्षलाई आत्मसमीक्षा गर्न आग्रह गरे।

लामिछानेले पार्टीका नेता–कार्यकर्तामा स्थानीय तहभन्दा माथिल्ला पदप्रति आकर्षण बढेको विषयसमेत उठाए। स्थानीय नेतृत्वको जिम्मेवारी लिन अनिच्छा देखाउने तर उच्च पदको आकाङ्क्षा राख्ने प्रवृत्तिप्रति उनले व्यङ्ग्य गरे।

‘हाम्रा साथीहरू वडाध्यक्ष हेर्दैनन्, एकैचोटि सभापति, पालिका र माथि हेर्छन्। यहाँ कसैलाई वडाध्यक्ष हुन मन छैन,’ उनले भने, ‘अब यो वडामा चुनाव लड्न म आफैँ राजीनामा दिएर आउनुपर्ला जस्तो छ।’

उनले पार्टीको संगठन सुदृढ बनाउन स्थानीय तहदेखि नै नेतृत्व विकास, जिम्मेवारी बाँडफाँट र आपसी सहकार्य आवश्यक रहेको बताए।

लामिछानेले जनताको विश्वासबाट प्राप्त राजनीतिक हैसियतलाई व्यक्तिगत प्रतिष्ठा वा अधिकारको दम्भसँग नजोड्न आग्रह गर्दै पार्टीका सबै तहका नेता-कार्यकर्तालाई आफ्नो व्यवहार र कार्यशैली सुधार्न सचेत गराएका छन्।

0 Comments