काठमाडौँ । इनम सापकोटासँग सम्पर्क र विभिन्न कारोबारमा साझेदारी देखिएको भन्दै प्रहरीले काँग्रेस सम्बद्ध महेश श्रेष्ठलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार श्रेष्ठ सापकोटाको सम्पर्क व्यक्ति रहेको र उनीहरूबीच विभिन्न कारोबारमा साझेदारी देखिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सापकोटा गत महिना पक्राउ परेका थिए । विद्यार्थी कालदेखि चिनजान रहेका सापकोटा र श्रेष्ठबीचको कारोबार शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।
सापकोटा काँग्रेस नेता उमेश श्रेष्ठ सञ्चालक रहेको लिटिल एञ्जल स्कुलका पूर्वविद्यार्थी हुन् ।





