९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पद्वारा एनभिडियाको सीईओमा जेन्सेन हुआङको पुनरागमनलाई समर्थन, अमेरिकी शेयर बजारमा उछाल

अ अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिप निर्माता कम्पनी एनभिडियाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जेन्सेन हुआङको पुनरागमनलाई समर्थन गरेका छन् । हुआङ पुन: सीईओ नियुक्त भएको घोषणासँगै अमेरिकी सेयर बजारमा समेत उल्लेख्य वृद्धि भएको छ ।

एनभिडियाले हुआङलाई तत्काल लागू हुनेगरी कम्पनीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गरेको घोषणा गरेको हो । उनलाई कम्पनीको सञ्चालक समितिको सदस्यका रूपमा समेत पुन:स्थापित गरिएको छ । कम्पनीकाअनुसार सञ्चालक समितिले हुआङसँग विभिन्न चरणमा छलफल तथा बैठक गरेपछि सर्वसम्मत रूपमा उनको पुनर्नियुक्तिको निर्णय गरेको हो । समितिले उनको स्पष्ट अभिव्यक्ति र कम्पनीको नेतृत्व गर्ने क्षमताप्रति विश्वास व्यक्त गरेको छ ।

त्यस्तै, अमेरिकी सरकारका उच्च अधिकारीहरूबाट प्राप्त सुझावका आधारमा हुआङको पुनरागमनले राष्ट्रिय सुरक्षामा कुनै जोखिम नहुने निष्कर्षमा पुगेको पनि कम्पनीले जनाएको छ । एनभिडियाको घोषणापछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत हुआङलाई सीईओको जिम्मेवारीमा फर्काउने सञ्चालक समितिको निर्णय सही भएको टिप्पणी गरेका छन् । यसैबीच, एनभिडियाको घोषणापछि सोमबार अमेरिकी सेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ ।

बजार खुलेसँगै डाउ जोन्स इन्डस्ट्रियल एभरेज १ हजार ९२ दशमलव ५८ अंक, एस एन्ड पी ५०० सूचक ३१७ दशमलव ०२ अंक र न्यास्ड्याक कम्पोजिट १ हजार ६५२ दशमलव ०२ अंकसम्म बढेका थिए । यो वृद्धि क्रमश: २ दशमलव २७ प्रतिशत, ४ दशमलव ५९ प्रतिशत र ७ दशमलव ३ प्रतिशत हो । एनभिडियाको नेतृत्वमा भएको परिवर्तन र त्यसप्रति अमेरिकी सरकारको समर्थनलाई लगानीकर्ताले सकारात्मक रूपमा लिएपछि बजारमा उत्साह देखिएको जनाइएको छ ।

0 Comments