काठमाडौँ । न्याय सेवा आयोगले तीन न्यायाधिकरणका अध्यक्ष तथा सदस्य पदमा न्याय सेवाका तीन अधिकृतलाई जिम्मेवारी दिने सम्बन्धमा निर्णय गरेको छ ।
आयोगको बिहीबार (मङ्सिर १० गते) को निर्णयअनुसार वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सरकारी वकिल समूहकी सहसचिव मीना गुरुङलाई तोक्न नेपाल सरकारसमक्ष सिफारिस गरिएको छ ।
त्यस्तै, ऋण असुली न्यायाधिकरणको कानुन सदस्यमा न्याय सेवा, कानुन समूहका उपसचिव पिताम्बर भण्डारीलाई नियुक्त गर्न सरकारसमक्ष सिफारिस गरिएको छ ।
कर्जा असुली न्यायाधिकरणको अध्यक्षमा भने कानुन समूहका उपसचिव महेन्द्रप्रसाद साँखीलाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय भएको आयोगका प्रवक्ता रामप्यारी सुनुवारले जानकारी दिएकी छन् ।







