११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रजातन्त्र सेनानी रायमाझीको निधन

अ+ अ-

काठमाडौं । प्रजातन्त्र सेनानी एवं सिन्धुपाल्चोकका विकसप्रेमी नेता दीपबहादुर रायमाझीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका रायमाझीको आफ्नै निवास मेलम्ची नगरपालिका– ५ मा निधन भएको सिन्धुपुराना गाउँ उच्चमाविका प्राचार्य कुमार खतिवडाले जानकारी दिए ।

रायमाझी तीन पटक प्रधानपञ्च, एक कार्यकाल जिल्ला विकास समिति सदस्य र २०४८ सालको स्थानीय निर्वाचनमा तत्कालीन सिन्धुकोट गाविसको अध्यक्षमा निर्वाचित भए । उनी दुई पटक कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भएका काँग्रेस नेता तारानाथ दाहालले जानकारी दिए। रायमाझीको पार्थिव शरीरमा नेका जिल्ला सभापति विकास लामाले पार्टीको झण्डा ओडाएका थिए । उनलाई श्रद्धाञ्जलि अर्पण गर्न प्रदेश नं. ३ का प्रदेशसमभा सदस्य निमा लामा तथा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल त्रिवेणीघाट पुगेका थिए ।

यसैबीच नेपाली काङ्ग्रेसले आज एक विज्ञप्ति जारी गरी रायमाझीको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा रायमाझीको निधनले पार्टीले एक कुशल नेतृत्वकर्ता गुमाएको उल्लेख छ । यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले रायमाझीको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारप्रति समवेदना प्रकट गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस