कञ्चनपुर । प्रा.डा. गोविन्द केसी कञ्चनपुर पुगेका छन् । निर्मला पन्तको लागि न्यायको माग गर्न उनी कञ्चनपुर पुगेका हुन् ।
सरकारले घटना भएको चार महिना पुग्दासम्म पनि अपराधी पक्राउ गर्न नसक्दा हत्यारा सार्वजनिक गर्न माग गर्दै सुरु गरिएको धर्नामा आफनो ऐक्यबद्धता जनाउन उनी कञ्चनपुर पुगेका हुन् ।
उनले निर्मला पन्तको परिवार र अधिकारकर्मीलगायतले सुरु गरेको अनिश्चितकालीन धर्नामा ऐक्यवद्धता जनाएका छन् ।
उनले निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साता (पुस २ सम्म) को अल्टिमेटम दिएका छन् । हत्यारा पक्राउ नगरे पुस ३ गतेदेखि आमरण अनशन बस्ने डा केसीको चेतावनीसमेत दिएका छन् ।
गत कात्तिक २५ गतेदेखि निर्मलाको बुबाआमालगायत आफन्तले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा अनिश्चितकालिन २४ घण्टे धर्ना बसेका छन् ।
धर्नाकै क्रममा निर्मलाका बुबाको स्वास्थ्यमा समस्या देखिएपछि हाल उनी उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।