१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा रेखा थापा

अ+ अ-

जनकपुरधाम । प्रदेश नं. २ को सरकारी अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ को अभियानकर्मीका रूपमा कलाकार रेखा थापाले सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

कलाकार थापाले ‘छोरीका लागि स्वर्णिम अभियान’ नामक कार्यक्रमका माध्यमले प्रदेश सरकारको अभियानलाई सघाउने भएकी छिन् । प्रदेश सरकार र थापाद्वारा आज मुख्यमन्त्री कार्यालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले सरकारको उद्देश्यअनुरूप कलाकार थापाले प्रदेशका आठवटै जिल्लामा विद्यमान छोरीप्रतिको असमान व्यवहार, हिंसा, भ्रूणहत्या, पढाइबाट वञ्चित र बालविवाहविरुद्ध जागरण अभियानमा सहयोगी भूमिका निर्वाह गर्ने जानकारी दिए ।

छोरा हुँदा हर्ष र छोरी हुँदा दुःख, पीडा, बोझ ठान्ने मनोवृत्ति, छोरीको जन्मलाई अभिशाप ठानी हत्या गर्ने मानसिकता, अपहेलित गर्ने क्रियाकलाप विरुद्धको अभियानमा सरकारले छोरीको बीमा, साइकल वितरण, दक्षता अभिवृद्धि, सरकारी सेवा परीक्षा तयारी तालीम र प्रहरीमा ५० प्रतिशत आरक्षणलगायत योजना राखिएको उनले बताए । छोरीको जुनी नचाहने मनोविज्ञानमा परिवर्तन लक्षित कार्यक्रम सञ्चालन गरी प्रदेश सरकारको अभियानलाई सघाउने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस