११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलाडीले स्वाभिमानको जीवन बिताउन पाउने

अ+ अ-

बनेपा । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेल जीवनपछि पनि खेलाडीले स्वाभिमानको जीवन बिताउने बताएका छन् ।

प्रथम इण्डो नेपाल ओपन फुल कन्ट्याक्ट कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट प्रतियोगिताको शनिबार काभ्रेपलाञ्चोकको बनेपामा भएको समापन कार्यक्रममा उनले खेलाडीको जीवन निर्वाहका लागि योजना बनाएर अगाडि बढिरहेको बताए ।

अहिले आफूहरुले खेललाई प्राथमिकता दिएर खेलाडीको कल्याणकारी कामका निमित्त पेन्सनको व्यवस्था गरेको उनको भनाइ छ । अहिले नेपालमा खेलकूदको छुट्टै विश्वविद्यालय नभएका कारण पढ्न गए खेल छुट्ने र खेल्न गए पढाइ छुट्ने अवस्था भएकाले अब छिट्टै खेलकूद विश्वविद्यालय खोल्ने तयारीमा रहेको उनको भनाइ छ ।

सो क्रममा विष्टले विजयी खेलाडीलाई पदक वितरण गरेका थिए। प्रतियोगितामा पुरुषतर्फ ३० केजी तौल समूहमा सागर थिङ प्रथम र समीर बुढाथोकी दोस्रो भएका छन् भने ३५ केजी तौलभन्दा मुनिका निरोज तामाङ प्रथम र आशुतोष बादे दोस्रोभएका थिए । त्यस्तै ४० केजीभन्दा कम तौल समूहमा अनिल बमजन प्रथम र संसार खड्का दोस्रो भएका थिए । ४५ केजीभन्दा कम तौल समूहमा मन्दीप भुसाल प्रथम र अमित मगर दोस्रो भएका थिए । ५० केजी मुनिको तौल समूहमा पारस शाह ठकुरी प्रथम र सरोज तामाङ दोस्रो भएका थिए ।

त्यसैगरी महिलातर्फ खुला तौल समूहमा उषा श्रेष्ठ प्रथम र नविना तामाङ दोस्रो भएका थिए। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिता नेपाल र भारतबीचमा खेलको माध्यमबाट सुमधुर सम्बन्ध बढाउन र एकै संस्कृतिसँग बाँधिएका सामाजिक जीवनलाई थप विकास गर्नका लागि सो प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ ।

नेपाल क्योकुसिन सेइसिन काइकान कराँते सङ्घका केन्द्रीय अध्यक्ष एवं सो संघको जापानको तर्फबाट नेपाली शाखा प्रमुख अशोक श्रेष्ठको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा भारतको ३५ र नेपालका १४० खेलाडी गरी १७५ जनाको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस