काठमाडौं । सिके राउतको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले सोमबार रिट खारेज गर्ने निर्णय गरेको हो ।
रौतहट प्रहरीले राउतलाई असोज २१ गते पक्राउ गरेको थियो ।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि राउतका आफन्तले कात्तिक १२ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हाले का थिए ।







