काठमाडौ । मिस शृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ मा पुग्न सफल भएकी छिन्।
चीनको सान्यामा जारी मिस वल्र्डको फाइनलमा ३० जनाबीचको प्रतिष्पर्धाबाट श्रृङ्खला टप १२ मा पुग्न सफल भएकी हुन्।
मिस नेपाल श्रृङ्खला खतिवडाले दुई उपाधि मल्टिमिडिया च्यालेन्ज र ब्युटी विथ अ प्रपोज जित्दै फाइनल प्रवेश गरेकी हुन्।
११८ देशका सुन्दरीहरु मध्ये फाइनलमा पुगेका ३० जनाबीच आज प्रतिष्पर्धा भइरहेको छ ।







