११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुक्तकमैयाको दुखेसोः ओत लाग्यौँ तर भोक मेटिएन

अ+ अ-

भीमदत्तनगर । वाणी मुक्तकमैया शिविरका बिप्टी चौधरीले घर खर्च चलाउन बस्ती छेउमै रहेको मछेली नदीमा बालुवा छान्न थालेको दशक बितिसक्यो ।

वि.सं. २०५८ मा कमैयाबाट मुक्त भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी शिविरमा आएकी उनी र उनको परिवारलाई गर्जो टार्न अझै पनि मजदूरी गर्नुको विकल्प छैन । “हिउँदका बेला नदीमा दिनभरि कडा परिश्रम गरेर बालुवा, गिट्टीसित सङ्घर्ष गर्दै आएको छु, मजदूरी नगरे त एक छाक टार्न पनि मुश्किल पर्छ”, बिप्टीले भनिन, “दैनिक ५०० जति कमाइ हुन्छ, त्यसले घरको नून/तेल खर्च चलाएकी छु ।”

चौधरीका छोरा र श्रीमान् पनि मजदूरी गरेर परिवारको खर्च जुटाउन त्यसैमा लागिपरेका छन् । “सरकारले कमैयाबाट ल्याएर ओत लाग्ने ठाउँ त दियो ।” उनको गुनासो थियोे, “नदीको बगरमा दिएको पाँच कट्ठा जमीनमा उब्जनी नहुँदा कामै लागेन ।” स्थानीय चन्द्रलाल चौधरीले कमैयाबाट मुक्त हुँदा पाएको जमीन वर्षौंदेखि बाँझै छ । “यो खेतमा नत तरकारी न अन्नबाली नै फल्छ”, उनले भने, “अहिले त खेतमा जानै छोडिसक्यौँ ।”

पाँच सय ६८ परिवार मुक्तकमैया रहेको उक्त शिविरमा करीब १५० परिवारको खेत बलौटे हुँदा उब्जनी नहुने समस्या छ । “पहिले कमैया बसेर दुःख गर्‍यौँ”, उनले भनिन्, “अहिले मजदूरी गरेर भोक मार्दै छौँ ।” डेढ दशक कमैया बसेका उनीहरूमा पुनःस्थापनाको लामो समय बितिसक्दा पनि मुक्तकमैयाको अवस्थामा सुधार नभएकाले बस्तीका युवा रोजगारीका लागि पलायन भएका छन् ।

“नदीमा आएको बाढी गाउँ पस्दा पूरै खेतमा बालुवा जमेको र बस्ती समेत कटान गरेको छ”, शिविरका भूमिलाल चौधरीले भने, “दिगो व्यवस्थापनमा ध्यान नदिँदा फेरि कमैया बस्नुपर्ने अवस्था आउँदैछ ।” बस्ती बचाउन यहाँको मछेली नदीमा तटबन्ध निर्माणका लागि पहल गरिदिन उनले आग्रह पनि गरे।

शिविरका अधिकांश परिवारले अझै पनि अरुको जमीन अधियामा लिएर जीविका चलाइरहेका छन् । “वि.सं. २०६४ मा आएको बाढीले खेतभरि बालुवाभरि दियो ।” स्थानीयवासी जमुना चौधरीले भने, “हामीले घरखर्च चलाउन अझै दुःख सहनुपरेको छ ।” रासस

प्रतिक्रिया दिनुहोस