काठमाडौं । आइतबार र सोमबार उकालो लागेको शेयर बजार झरेको छ ।आज भने दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १७ विन्दुमा ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव शून्य ४ विन्दुले घटेर २४८ दशमलव ५९ विन्दुमा पुगेको छ । स्टककाअनुसार आज कूल १५९ कम्पनीको १४ लाख ७८ हजार ७२४ कित्ता शेयर रु ५३ करोड २३ लाख २५ हजार ६४६ मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका १० उपसमूहमध्ये आज ८ उपसमूहको शेयर ओरालो लागेका छन् भने २ उपसमूहको शेयर वृद्धि भएको छ । उत्पादन ९ दशमलव तीन एक र अन्य ५ दशमलव ३८ विन्दुले बढेको छ ।
यस्तै बैंकिङ १५ दशमलव ६४, होटल ५ दशमलव ५४, विकास बैंक २० दशमलव ७२, जलविद्युत् १६ दशमलव १४, वित्त शून्य दशमलव ३ छ, निर्जीवन बीमा १९२ दशमलव ३२, लघुवित्त १८ दशमलव ४८ र जीवन बीमा ४९ दशमलव ९३ बिन्दुले घटेका छन् । घटेको बजारमा समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।
यस्तै विजय लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रो पावर, स्वरोजगार लघुवित्त विकास बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।