१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोकमरी, बोक्सी र छाउपडी प्रथाविरुद्ध लड्न आग्रह

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पत्रकारले मर्यादा र अनुशासनमा बसी कलम चलाउनुपर्नेमा जोड दिएका छन् ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश कार्यालयको आयोेजनामा सञ्चालित ‘कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण’मा सहभागी पत्रकारलाई प्रमाणपत्र वितरणका क्रममा उनले सो कुरा बताएका हुन् ।

सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न तीन दिने उक्त प्रशिक्षणमा मन्त्री ज्वालाले प्रदेशको भोकमरी तथा बोक्सी र छाउपडी प्रथाविरुद्ध पनि कलम चलाउ आग्रह गरे । ‘लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर पत्रकारले शक्तिमा रहेकालाई खबरदारी गर्न र आवाजविहीनका आवाजलाई उजागर गर्नुपर्छ ।’ उनले भने, ‘ठूलो हैसियतका व्यक्तिलाई मात्र समाचारमा प्राथमिकता नदिई कर्णालीका मुख्य समस्यालाई पनि उजागर गर्नुपर्छ ।’

मन्त्री ज्वालाले दुर्गम कर्णाली क्षेत्रको विकासका लागि प्रादेशिक सरकारको हेलिकप्टर र हवाइजहाज पनि आवश्यकता भएको जानकारी दिँदै मन्त्री ज्वालाले प्रदेश सरकार र पत्रकार मिली अब कर्णालीको परिचय दिनुपर्ने र प्रदेशको गरीबी, भोकमरी र व्याप्त अन्यायविरुद्ध लाग्न सबै एकबद्ध हुनुपर्नेमा जोड दिए ।

कर्णाली प्रदेश योजना आयोगका सदस्य डा.दीपेन्द्र रोकायले मोफसलका पत्रकारले कर्णालीका मुख्य समस्या र विषयलाई नै समाचारमा पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिए ।

राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले जिम्मेवार, स्वच्छ र तथ्यगत पत्रकारितामा कर्णाली प्रदेश सधैँ अगाडि हुनुपर्ने बताउँदै व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले पत्रकारिता नगर्न पत्रकारलाई आग्रह गरे । उनले प्रदेश सरकारले छुट्टै टेलिभिजन र रेडियो स्थापना नगरी राससलाई नै स्रोत तथा साधन सम्पन्न बनाउन प्रदेश सरकारसँग आग्रह गर्दै राससले निकट भविष्यमा नै भिडियो सेवा पनि शुरु गर्ने जानकारी दिए ।

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले सबै स्थानीयतहमा यो संस्थालाई विस्तार गरिने र निकट भविष्यमा प्रदेशबाट पनि बुलेटिन प्रकाशन गरिने जानकारी दिनुभयो । प्रशिक्षणमा समाचार सङ्कलन र स्थानीय समाचारदाता, नियमित र खोजपूर्ण समाचार, समाचार सम्पादन र भाषा, स्थानीयवासीको आँखामा पत्रकारिता, आलेख लेखन र संसदीय समाचार सङ्कलन, फोटो पत्रकारिता, प्रदेश सञ्चार नीति तथा सूचनाको हक एवं संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सञ्चारबारे जानकारी गराइएको थियो ।

मुलुक संघीय संरचनामा गइसकेपछि प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कर्णाली प्रदेश पहिलो हो । प्रशिक्षण यही पुस ८ गतेदेखि उक्त प्रशिक्षण आयोजना गरिएको थियो ।

हुम्ला, जुम्ला, डोल्पा, कालीकोट, मुगु, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र दैलेख जिल्लाका रासस, दैनिक पत्रिका, अनलाइन, रेडियो र टिभीका ४४ पत्रकार सहभागी उक्त प्रशिक्षणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलिया, प्रदेश आन्तरिक मन्त्रालयका सचिव तोयनारायण सुवेदी उपप्राध्यापक कमलेश डिसीका साथै राससका अध्यक्ष श्यामल, सञ्चालक समिति सदस्य डिल्लीराम भट्टराई, प्रधानसम्पादक श्यामप्रसाद रिमाल, स्थानीय समाचारदाता संयोजक प्रकाश सिलवाल र फोटो पत्रकार प्रदीपराज वन्तले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस