१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अझै नियन्त्रणमा आएन आगलागी

अ+ अ-

गोरखा । उत्तरी गोरखाको सामागाउँ क्षेत्रको जङ्गलमा लागेको आगो दुई दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । अत्यधिक हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।

‘आगो नियन्त्रणको प्रयास भइरहेको छ, स्थानीयवासीले अन्य क्षेत्रमा आगो सर्न नदिन विभिन्न प्रयास गरिरहेका छन्’ उनले भने । अहिलेसम्म कति हेक्टर जङ्गलमा आगो फैलिएको छ भन्ने कुनै यकिन हुन नसकेको लामाको भनाइ छ ।

मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने जङ्गलमा भएको आगलागीको अवस्था बुझ्न कार्यालयबाट दुई कर्मचारी (रेञ्जर)त्यसतर्फ पठाइको भए पनि भौगोलिक विकटताका कारण आज अबेरसम्ममा मात्र त्यस क्षेत्रमा पुग्ने उनले बताए । आगो वीरेन्द्र तालतर्फ फैलिँदै गएको छ, आयोजना प्रमुख लामाले भने, ‘स्थानीयवासी साम्दोको जङ्गलमा पनि आगो फैलन्छ कि भनेर सर्तक भएर बसिरहेका छन् ।’

आगलागीबाट मनास्लु संरक्षण क्षेत्रभित्र रहेका अत्यन्तै दुर्लभ जातका जङ्गली जनाबर तथा चराचुरुङ्गी बढी जोखिममा परेको लामाको भनाइ छ । उक्त क्षेत्र कस्तुरीको बासस्थान क्षेत्र पनि हो । त्यहाँ हिमचितुवा, हिमाली थार, झारल तल्लो क्षेत्रमा कालोभालुलगायतका दुर्लभ जातका जङ्गली जनाबर र पशुपक्षी आगलागीको जोखिममा परेका छन् ।

स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिनसक्ने अवस्था नै नभएको जानकारी दिएको आयोजना प्रमुख लामाको भनाइ छ । ‘स्थानीयलाई अग्निरेखा बनाएर बस्न सल्लाह दिइरहेका छौँ, नाम्रुङ, फिलिमलगायतको प्रहरी चौकीबाट थप प्रहरी पठाएर सहयोग गर्न सकेको भए सजिलो हुन्थ्यो’ उनले भने, ‘आगोले त्यस क्षेत्रमा रहेका धुपी सल्ला, भोजपत्रलगायतका बहुमूल्य जडीबुटीसमेत नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस