१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामग्रामको पाँँच गाउँलाई नमूना गाउँका रुपमा विकास गरिने

अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको सबैभन्दा पुरानो नगरपालिका रामग्राम नगरपालिकाले नगरभित्रका ५ गाउँलाई नमूना गाउँको रुपमा विकास गर्ने योजना अघि बढाएको छ ।

रामग्राम नगरपालिकाअन्तर्गत वडा नं ७ को उजैनी ९ को जोकवार, १० को लकङ्हवा र १२ को कुनवार गाउँलाई आगामी २ वर्षभित्रमा नमूना गाउँको रुपमा विकास गर्ने योजना अघि बढाएको हो । ५ गाउँमा उच्चस्तरीय पक्की सडक, सबै सडक छेउमा ढल निकासका लागि नालाको व्यवस्था, विद्युतीकरण, खानेपानी, इन्टरनेट, शौचालय एवंं सार्वजनिक स्थानमा हरियालीको व्यवस्था गर्ने गरी योजना ल्याइएको रामग्राम नगरपालिकाले जनाएको छ ।

जिल्लाको मात्र होइन देशकै नमूना गाउँको रुपमा परिचय बन्ने गरी रामग्राम नगरपालिकाले नमूना गाउँको विकास कार्यका लागि काम अघि बढाएको नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।

२०७७ साल असार मसान्तभित्र काम सम्पन्न हुने गरी भौतिक निर्माणका कार्य शुरु भइसकेका छन् । नमूना गाउँका रुपमा विकास गरिने पाँच गाउँ उजैनी, जोकवार, रानीपाकड, लकवा एवं कुनवारमा विभिन्न प्रकारका सडकको निर्माण शुरु भएको नगरपालिकाले जनाएको छ ।

यसै आर्थिक वर्षको मङ्सिरदेखि काम शुरु भइसकेका छन् । आगामी दुई वर्षभित्र नमूना गाउँभित्रका साना ठूला गरी करीब एक दर्जन सडक निर्माण गर्ने योजना रहेको छ । सडक विस्तार र निर्माण नमूना गाउँका सम्पूर्ण क्षेत्रमा सडक बत्तीको समेत व्यवस्थापन गरिएका छन् ।

यसैगरी नमूना गाउँको ठाउँ ठाउँमा खानेपानी, प्रतीक्षालय एवं चौताराको निर्माणले नमूना गाउँ साच्चै नमूना बनाउने योजनाका साथ काम शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए ।

नमूना गाउँको सडक, ढल र पार्क निर्माण सम्पन्नका लागि दिया एमक जेवी निर्माण कम्पनीलाई रु ३५ करोडमा ठेक्का दिइसकेकोे नगर कार्यालयले जनाएको छ । साढे ४ मिटरदेखि सात मिटर चौडाइसम्मका विभिन्न सडकको निर्माण, विस्तार एवं मर्मतको काम शुरु गरिएको छ ।

यसमा लाग्ने सम्पूर्ण लागत खर्च नेपाल सरकारको शहरी विकास मन्त्रालयको रहेको नगरप्रमुख गुप्ताले जानकारी दिए । नगरप्रमुख गुप्ताका अनुसार रामग्राम नगरपालिकामा शहरी विकास मन्त्रालयको रकमबाट सञ्चालित २ वटा शहरी सडक विस्तार, परासीको साप्ताहिक हाटबजार र नमूना गाउँ विकास गरी ४ वटा परियोजना सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस