२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिकाको चेहरामा खुशी देख्ने प्रधानमन्त्रीको चाहना

अ+ अ-

काठमाडौं । ‘बालबालिकाको चेहरामा खुशी देखेँ भने म पनि खुशी हुन्छु’ प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको प्रश्नको जवाफमा भने, ‘मुलुकका बालबालिकाको चेहरामा खुशी देख्दा मलाई खुशी लाग्छ ।’

नेपाल स्काउटले आयोजना आज गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नयाँ पिँढीको चेहरामा मुस्कान हुनुपर्नेमा जोड दिए । ‘मानिस भोकबाट मुक्त हुनुपर्दछ । कठ्याङ्ग्रिएर मर्ने अवस्था आउनु हुँदैन । समाज समतामूलक हुनुपर्दछ । त्यस्तो अवस्थामा सबै नेपालीसँगै म पनि खुशी हुन्छु’, उनले भने ।

बालबालिकाले प्रधानमन्त्री ओलीलाई बाल्यकाल कसरी बित्यो भनेर जिज्ञासा राखेका थिए । पूर्वी पहाडको तेह्रथुम जिल्लाको छातेढुङ्गामा विसं २००८ मा जन्मिएको सुनाउँदै प्रधानमन्त्री ओलीले प्राथमिक स्कूल पढ्दा दुई प्रकारका गृहकार्य गर्नुपरेको सुनाए । ‘एउटा विद्यालयका शिक्षकले दिएको गृहकार्य र अर्को घरमै सिर्जना हुने गृहकार्य जस्तै घाँस दाउरा, गाई बाख्राको हेरचाह आदि,’ प्रधानमन्त्री ओलीले भने, ‘दुवै गृहकार्य म कुशलतापूर्वक गर्थें ।’

प्रधानमन्त्री ओलीलाई सामुदायिक विद्यालयका एक विद्यार्थीले सोधे ‘सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नै पुग्दैनन् । शिक्षाको गुणस्तर कसरी वृद्धि हुन्छ ?’ प्रधानमन्त्री ओलीले विद्यार्थीलाई पाठ्यपुस्तक नपुग्ने विषय अब इतिहास भइसकेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘समयमा पाठ्यपुस्तक नपुग्ने अब हुँदैन र आगामी वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर पनि हुँदैनन्’, प्रधानमन्त्री ओलीले अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले त्यसको जानकारी लिनैपर्ने तर त्यसो गर्दा नेपाली भाषा नजाने पनि हुने अथवा नेपाली भाषा नजानेकामा गर्व गर्न नहुने बताए । उनका अनुसार विद्यालयले अङ्ग्रेजी माध्यममा पढाउनु राम्रै हो । त्यसो गर्दा नेपाली भाषाचाहिँ नजाने पनि अथवा नपढाए पनि हुन्छ भन्ने चाहिँ होइन, आफ्नो राष्ट्रिय भाषा र मातृभाषामा सबैको दख्खल हुनुपर्दछ ।

बालबालिकाले प्रधानमन्त्री ओलीलाई निर्मला पन्तको बलात्कार र हत्याको विषयमा पनि जिज्ञासा राखेका छन् । प्रधानमन्त्री ओलीले यस घटनाको सत्यतथ्य पत्ता लगाउन सरकार गम्भीर रहेको बताएका थिए । ‘निर्मलाको बलात्कार र हत्याका दोषीको खोजी भइरहेको छ ।’ उनीहरु पत्ता लाग्छन् । शुरुआती चरणमा प्रहरीबाट पनि केही गल्ती भएको छ । अहिले उच्चस्तरीय छानविन समिति गठन गरेर अनसुन्धान भइरहेको छ । नेपाल प्रहरी यस्ता घटनाको अनुसन्धान गरेर अपराधी पत्ता लगाउन सक्छ । अपराधी पत्ता लगाउन मैले पटकपटक निर्देशन पनि दिएको छु ।