२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साना उद्योगको क्षमता बढाउन सहज वित्तीय पहुँच

अ+ अ-

काठमाडौं । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगको क्षमता बढाउन सहज वित्तीय पहुँच जरुरी रहेकोमा जोड दिइएको छ ।

साना उद्योगलाई गतिशील बनाउन सके मात्रै मुलुकमा भयावह बन्दै गएको व्यापार घाटा न्यूनीकरण गर्न सकिने र रोजगारीको थप अवसरसमेत सिर्जना गर्न सकिने बताइएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र एनएमबी बैंकको सहकार्यमा राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्यमीको वित्तीय पहुँच अभिवृद्घिका लागि वित्तीय साक्षरता’ विषयक अन्तरक्रियामा सहभागीले रोजगारीको अवसरमा वृद्धि र व्यापार घाटा नियन्त्रण तथा समृद्ध नेपालका लागि साना तथा घरेलु उद्योग उपयोगी हुने बताएका हुन् ।

महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको आर्थिक पाटोलाई समृद्घ बनाउन मुख्य भूमिका निर्वाह गर्ने साना उद्योगको क्षमता नै सहज बैंकिङ पहुँचसँग जोडिएको बताए ।

साना उद्योगीको हकहित संरक्षणका लागि महासंघको स्थापना भएको बताउँदै अध्यक्ष सिंहले भने, ‘उद्योगीका लागि विभिन्न खालका सहुलियत र सुविधायुक्त बैंकिङ योजना छन् त्यसका बारेमा हाम्रा धेरै उद्योगीलाई थाहा छैन,यस्तै कुराको विस्तृत जानकारी दिन वित्तीय साक्षरता कार्यक्रम शुरु गरेका हौं ।’

एनएमबी बैंकका प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरेले बैंकले लघु, घरेलु तथा साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ लगानी गरिरहेको बताउँदै व्यवसायी र व्यवसाय अनुशासित भएमा लगानीको समस्या नहुने बताए ।

कार्यक्रममा लघु, साना तथा मझौला उद्यमलाई आर्थिक स्रोत सुनिश्चित गर्ने र स्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा साना तथा घरेलु उद्योग सञ्चालन गरिरहेका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको छ ।