प्रधानमन्त्रीद्वारा पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न ठोस प्रस्ताव माग
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणसँग ठोस प्रस्ताव मागेका छन्...