तीज कार्यक्रममा रम्दै ओली, बजाए हार्मोनियम र गिटार
काठमाडौँ । नेकपा एमालेले महिलाहरूको ठुलो पर्व तीजको अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । काठमाडौँको एभरेस्ट होटेलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सहभागी भएका थिए...