६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुम्बुवासीको मुख्य माग सल्लेरी–चौँरीखर्क सडक

अ+ अ-

सोलुखुम्बु । कुनै बेला खुम्बु क्षेत्रमा सडक पु¥याउनै हुन्न भन्ने सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुवासीको प्रमुख माग अहिले चौँरीखर्क गाविसको सुर्केसम्म सडक चाहिन्छ भन्ने छ ।

केही वर्षयता खराब मौसमले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा धेरै दिनसम्म उडान हुन नसकेपछि खुम्बुवासीले सडक माग्न थालेका हुन् । “मौसम धेरै बिग्रेर विमान चल्ने मौसम पाउनै कठिन हुन थाल्यो”, लुक्लास्थित होटल प्याराडाइजकी सञ्चालिका दावाफुटी शेर्पाले भन्नुभयो, “यदि सुर्केसम्म सडक ल्याउन सकिएन भने यस क्षेत्रको पर्यटनमै असर पर्ने देखिएको छ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा व्यस्त लुक्ला विमानस्थलमा मौसम प्रतिकूलताकै कारण विमान कम्पनीले उडान घटाउन थालेका छन् । नाम्चेका समाजसेवी सोनाम ग्याल्जेन शेर्पा भन्नुहुन्छ, “खुम्बुमा पर्यटकको सङ्ख्या बढाएर समग्र सोलुखुम्बुको विकास गर्नका लागि चौँरीखर्कको सुर्केसम्म सडक अपरिहार्य छ । सदरमुकामसम्म हिँडेर पुग्न तीन दिन लाग्छ विमान नचलेपछि राजधानी लगायत ठाउँमा जानै कठिन हुन थाल्यो ।”

पर्यटन व्यवसायीले चौँरीखर्कमै सडक ल्याउन नहुने तर्क गरे पनि हाल सुर्केसम्म सडक आवश्यक भएको महसुस गरेका छन् । नाम्चे र खुम्जुङमा भने सडक लानु हुँदैन भन्नेमा सबै एकमत छन् । त्यस क्षेत्रका लागि चौँरीखर्कसम्म सडक लान सकेमा आन्तरिक पर्यटनमा समेत टेवा पुग्ने नाम्चेका व्यवसायी दोर्जी शेर्पाले बताउनुभयो । शेर्पाले भन्नुभयो, “सबै पर्यटक सम्पन्न हुन्छन् भन्ने छैन । हवाई मार्गबाट आउन नसक्नेलाई सडक भए सस्तो र सहज हुन्थ्यो, यस क्षेत्रमा महँगीको समस्या पनि घट्ने थियो ।”

केही दिनअघि सम्पन्न खुम्जुङ र नाम्चे गाविसको गाउँ परिषद्मा सबैको एकमुख सडक भएको गाविस सचिव विनोद बस्नेतले बताउनुभयो । बस्नेत भन्नुहुन्छ, “खुम्बुवासी सुर्केसम्म सडक पुगेको हेर्न आतुर छन् ।” त्यसो त सुर्केसम्म सडक खन्ने काम पनि अघि बढेको जिविस सोलुखुम्बुले जनाएको छ । स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटा भन्नुहुन्छ, “टाक्सिन्दुसम्म ९ ३८ किमी० सडक ट्र्याक खोलिसकिएको छ, त्यसभन्दा अघिका लागि सडक विभागले बजेट विनियोजन गरिसकेकाले अब चौँरीखर्कको सुर्केसम्म सडक पुग्छ ।”

राजधानीबाट सदरमुकाम सल्लेरीसम्म सडक कालोपत्र गरिएपछि करिव ७/८ घन्टाको सडक यात्रामै सोलुखुम्बु सदरमुकाम सल्लेरी जोडिएको छ । यसका लागि दुई सय ८५ किलोमिटर मात्र दूरी पार गर्नुपर्छ । सल्लेरीदेखि चौँरीखर्कको सुर्केसम्मको करिब १०८ कि.मी. सडक सञ्चालन भएमा पर्यटकीय दृष्टिले उत्कृष्ट क्षेत्र चौँरीखर्क, नाम्चे र खुम्जुङ गाविसभित्र मात्रै पर्यटक पैदल हिँड्नुपर्ने हुन्छ । यी गाविसमा भने पैदल यात्राका लागि अत्यन्तै उत्कृष्ट भएकाले पर्यटक रमाउन सक्छन् ।

त्यस्तै, यो बाटो लुक्ला विमानस्थलको विकल्प पनि हुने भएकाले खुम्बुवासीले सकेसम्म चाँडो सल्लेरीबाट सुर्केसम्म सडक जोड्न चाहेको गाविस सचिव विनोद बस्नेत बताउनुहुन्छ । तराईको सिरहास्थित मिर्चैयादेखि उदयपुरको कटारी हुँदै सल्लेरी आउन झनै सहज हुने भएपछि छिमेकी मुलुक भारतका पर्यटकलाई खुम्बु क्षेत्र नजिक हुने निश्चित छ ।

संसारको उत्कृष्ट गन्तव्य मानिने खुम्बुलाई सबैभन्दा नजिक बनाउने उत्कृष्ट रुट सुनकोसी तरेर ओखलढुङ्गा–सल्लेरी रुटलाई लिन सकिन्छ । सुनकोसीमा पुल बनिसकेकाले जतिसक्दो चाँडो सुर्केमा सडक जोड्न गाउँ परिषद्मा उपस्थित भएका सबैले जोड गरेको गाविस सचिव विनोद बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस