यौटा नौलो किरण रहने प्रेम सौन्दर्य रङ्ग,
आत्माभित्रै सरर बहने चीज बेग्लै उमङ्ग ।
कोर्दै रेखा तन र मनमा भर्दछौं पृष्ठ पृष्ठ,
सेरोफेरो समय गतिलो प्रेम मेरो अभीष्ट ।।
मीठो आशा मन भर–भरी देखिने स्वप्न स्वप्न,
अर्को चिन्ता तन चडफडी आशमा पास छोप्न ।
छाती चौडा मलजल पुरा प्रेमको वृक्ष रोप्य,
फुल्छन् आशा फलहरु जहाँ राख्दछौं गोप्य गोप्य ।।
आभा राम्रो मन र मुटुमा प्रीतको छत्र छाया,
दायाँ बायाँ हर प्रहरमा देखिने प्रष्ट माया ।
नाता गाढा अमिट रहने जिन्दगी साथ यात्रा,
यात्रा भित्रै सुगठित खुशी झिक्क वा ठिक्क मात्रा ।।
आत्मा नाँच्यो पवन गतिमा नाँचने पातजस्तै,
उस्तै लाग्थ्यो मन चपलता वैशको मात उस्तै ।
रोज्दा रोज्दै समिप उनको रूप सौन्दर्य चित्र,
खोज्दै टाँढा न त गहिरहे भेट्टियो चक्षुभित्र ।।
एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी
भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी
जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई
सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन
पत्रिका ।