७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाम्बियाका पूर्वराष्ट्रपति पद त्याग्न तयार

अ+ अ-

बन्जुल(एजेन्सी) । गाम्बियाका पूर्वराष्ट्रपति याहया जम्मेहले राष्ट्रपतीय शक्ति परित्याग गर्न तयार भएका छन् ।

पश्चिम अफ्रिकी देशहरुको समूहले शान्तिपूर्ण रुपले पद त्याग गर्न अन्तिम चेतावनी दिएको भोली पल्ट शनिबार जम्मेहले पद त्याग्ने घोषणा गरेका हुन् ।

“गाम्बियाका जनताको हित र राष्ट्रिय स्वार्थलाई ध्यानमा राख्दै मैले पद त्याग्ने निर्णय आज गरेको छु,” उनले शनिबार सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै भने।

सम्बोधनका क्रममा उनले भने, “शान्तिपूर्ण तरिकाले नै हामीले समस्याको समाधान गर्नेछौं, यहाँ एक थोपा पनि रगत बगाउनु आवश्यक छैन ।”

उनले पद त्याग गर्ने आफ्नो निर्णय कसैको दवावमा नगरेको दावी गर्दै गाम्बियाका जनता र प्यारो देशको सर्वोच्च हितका लागि गरेको बताए ।

सन् १९९४ देखि लगातार राष्ट्रपति भएका लामो अनुभवी नेता जम्मेहले गत महिना भएको राष्ट्रपतिय निर्वाचनमा भएको पराजयलाई अस्विकार गर्दै आएका थिए ।

मौरिटेनियन राष्ट्रपति मोहम्मद उल्ड अब्देल अजिज र गायनका राष्ट्रपति अल्फा कोण्डेको मध्यस्थतामा बन्जुलमा भएको बार्तापछि जम्मेहले पद त्याग्ने घोषणा गरेका हुन् ।

जम्मेहले पद त्याग गर्ने घोषणालाई मौरिटेनियन राष्ट्रपति अजिजले गाम्बियाका लागि हिंसाविरुद्धको विजय भएको बताए ।

पश्चिम अफ्रिकी देशहरुको समूह इकोवासले शुक्रबार सम्ममा शान्तिपूर्ण रुपले पद त्याग गर्न अन्तिम अल्टिमेटम दिँदै नटेरेमा जबर्जस्ती घटाउने चेतावनी दिएको थियो ।

गत महिनाको राष्ट्रपतीय निर्वाचनमा विजयी भएका अदाम बर्रोले आफ्नै देशमा शपथ लिन नपाएपछि बिहीबार सेनेगलको राजधानी डाकारस्थित गाम्बियाको दूतावासमा शपथ लिएका थिए ।

शपथ लिएपछि पहिलोपटक राष्ट्रपतिका रूपमा सम्बोधन गर्दै बर्रोले आफूलाई निर्वाचित गरेकामा जनतालाई धन्यवाद दिएका थिए भने राष्ट्रिय एकताका लागि आह्वान गरेका थिए ।

गत डिसेम्बरमा भएको निर्वाचनको मतपरिणामलाई पूर्वराष्ट्रपति जम्मेहले एक हप्तापछि अस्विकार गर्दै निर्वाचनमा धाँधली भएको आरोप लगाएका थिए । उनले मतपरिणाम अस्विकार गर्दै आए पनि संयुक्त राष्ट्रसङ्घ, इकोवास लगायतका अन्तर्राष्ट्रिय निकायबाट चर्को दबाब परेपछि शनिबार पद त्याग्ने घोषणा गर्न बाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस