काठमाडौँ । सरकारले राष्ट्रपति विद्या भण्डारीले गर्ने भारतको राजकीय भ्रमणका लागि जाने दिन र स्वदेश फर्कने दिन गरी दुइ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आइतबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भोलिदेखि हुने भारतको भ्रमण अनुमोदन गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
राष्ट्रपति भण्डारीले भारत बसाईको क्रममा भारतिय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । ५ दिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।