९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाव चिह्न नदिए निर्वाचन हुन दिँदैनौँः डा. भट्टराई

अ+ अ-

गोरखा। पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई आँखा चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।

नयाँ शक्तिले गोरखाको पालुङटारमा आज आयोजना गरेको बृहत् आमसभामा भट्टराईले भने – “जतिबेलासम्म चुनाव चिह्न दिँदैनन्, त्यति बेलासम्म निर्वाचन हुन दिदैनौँ”

संविधान निर्माण गर्न आफूले ठूलो भूमिका खेलेको स्मरण गर्दै भट्टराईले त्याग गरेर ल्याएको संविधानमा उल्लेख भएअनुसार नै प्रक्रिया पु¥याएर निर्वाचन आयोगमा दल दर्ता गरिएकाले चुनाव चिह्न पनि पाउनुपर्ने तर्क गरे । उनले भने “आँखा चिह्न प्राप्त गरिछाड्छौँ । निर्वाचनको तयारीमा जुट्नुहोस् ।”

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्तिलाई चुनाव चिह्न दिनबाट रोक लगाएको भट्टराईले आरोप लगाए।

“निर्वाचन आयोगमा प्रक्रिया पु¥याएर दर्ता भएको पार्टीलाई चुनाव चिह्न नदिने निर्णय षड्यन्त्र हो”– उनले भने, “राप्रपाको काँधमा प्रधानमन्त्री बस्नुभएको छ । त्यसैले आयोगलाई भनेर राप्रपाको माग पूरा गरिदिनुभयो ।”

संविधान संशोधन गरेर मधेसी दललाई पनि निर्वाचनमा सहभागी गराउन भट्टराईको आग्रह छ । मधेसीको माग पूरा गराउने बहानामा चुनावको मिति हेरफेर गर्न नहुने भन्दै उनले संविधान संशोधन पारित गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए।

यस्तै, पार्टी घोषणाको एक वर्षमै ७५ जिल्लामा सङ्गठन बनिसकेको भन्दै भट्टराईले जनताको भोटले निर्वाचन जितेर सत्तामा पुगेपछि आर्थिक समृद्धिका काम गरिने बताए।

समृद्ध नेपाल बनाउनका लागि लिगलिगकोटको फेदीबाट उद्घोष गर्दै भट्टराईले पालुङटार नगरलाई देशकै नमुना नगर बनाउने योजना सुनाउँदै नगर प्रमुख, उपप्रमुखमा नयाँ शक्तिलाई जिताउन आग्रह गरे । वामपन्थी, दक्षिणपन्थीभन्दा माथि उठेको विचार नयाँ शक्ति भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस