१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाँगुमा ब्याडमिन्टन कोर्ट बन्ने

अ+ अ-

नगरकोट । भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगुमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने भएको छ ।

ब्याडमिन्टन कोर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीहरि कुइँकेलले करिब पाँच रोपनी क्षेत्रमा निर्माण हुने कोर्टका लागि करिब ६८ लाखको लगत इस्टिमेट तयार गरिसकिएको बताए । त्यसका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. १ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पहिलो चरणका लागि रु २० लाख विनियोजनसमेत भइसकेको उनले जानकारी दिए ।

उक्त बजेट प्राप्त गर्न जिल्ला समन्वय समिति भक्तपुरसँग सम्झौताका लागि अन्तिम चरणमा पुगिसकेको समितिका सचिव राधेश्याम खनालले जानकारी दिए । उनका अनुसार उक्त कभर्डहल निर्माण गर्न स्थानीय उपभोक्ताले गत माघमै उपभोक्ता समिति गठन गरेका थिए । उपभोक्ता समितिले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको उनले बताए ।

यसैबीच, स्थानीय उपभोक्ता समितिले आइतबार स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालासँग भेट गरी कोर्ट निर्माणसम्बन्धी छिटो सम्झौता गर्न ध्यानाकर्षण गरेको छ । चालु आवभित्रै २० लाखको कार्य गर्नुपर्ने भएकाले सम्झौतामा ढिलाइ नगर्न स्थानीय विकास अधिकारीको ध्यानाकर्षण गरिएको अध्यक्ष कुइँकेलले जानकारी दिए ।

समितिले यस वर्ष काम सुरु भएपछि अन्य क्षेत्रबाट पनि बजेट व्यवस्थापनका लागि सहज हुने बताएको छ । भक्तपुरमै पहिलो कभर्ड हल निर्माण गर्न स्थानीय उपभोक्ता सक्रिय भएर लागेको देखेर आफू पनि प्रभावित भएको स्थानीय विकास अधिकारी कोइरालाले बताए ।

उनले जिल्ला समन्वय समितिको सम्पूर्ण प्रक्रिया पूरा गरेर तीनचार दिनमै कभर्डहल निर्माण उपभोक्ता समितिसँग सम्झौता हुने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस