१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसियाली यु–१२ टिम टेनिस सोमबारबाट

अ+ अ-

काठमाडौं । अखिल नेपाल लन टेनिस संघ (एएनएलटीए) को आयोजनामा आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता सोमबार (भोली)देखि सुरु हुँदैछ ।प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रका २० ब्वाइज र १७ गल्र्स गरी ३७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ब्वाइजमा ७ तथा गल्र्समा ६ राष्ट्रको समहभागिता रहने छ । नेपाल, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भारतबाट समान ३/३ ब्वाइज/गल्र्सले प्रतिस्पर्धा गर्नेछन् । भुटानबाट २/२ ब्वाइज/गल्र्स तथा पाकिस्तानबाट ३ ब्वाइज खेलाडीले भाग लिदै छन् ।

नेपालबाट ब्वाइजमा आर्यन गिरी, आरभसम्राट हाडा र अकी जुवेन रावत तथा गल्र्समा इशाश्री शाह, सर्भानी श्रेष्ठ र सुभाङ्गीलक्ष्मी शाहले प्रतिस्पर्धा गर्नेछन् । कृष्णराज घलेलाई ब्वाइज तथा श्रीराम मगरलाई गल्र्सतर्फ प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल पुग्ने दुई राष्ट्र यसै वर्षको डिसेम्बरमा काजाकिस्तानमा हुने आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपका लागि छनोट हुने बताइएको छ ।

ब्वाइजतर्फ नेपाल रहेको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र पाकिस्तान छन् भने समूह ‘ए’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । त्यस्तै गल्र्सको समूह ‘ए’ मा नेपाल, माल्दिभ्स र भारत तथा समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र भुटान छन् ।

टिम स्पर्धामा एक राष्ट्रले दुई सिंगल्स र एक डबल्स खेल खेल्नु पर्नेछ । छदिनसम्म चल्ने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइनेछ ।

लनटेनिस संघले ९ महिनाको अवधिमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको यो तेश्रोपटक हो । यो भन्दा अगाडि २०१६ को सेप्टेम्बरमा एएनएलटीए/एसियाली ¥याङकिङ यु–१४ टेनिस प्रतियोगिता भएको थियो भने गत फेब्रुअरीमा नेपाल आईटीएफ यु–१८ जुनियर ग्रेड– ५ टेनिस प्रतियोगिता संघले आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस