१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीय गन्तव्य बन्दै इलामको ढापपोखरी

अ+ अ-

इलाम । स्थानीयको संरक्षणपछि विस्तार भएको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढापपोखरी जिल्लाको नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएपछि पर्यटकको चहलपहल बढेको छ ।

पचास रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको पोखरी, आसपासको चियाबारी र रमणीय स्थानका कारण आगन्तुकको ध्यान बढ्दै गएको हो । सदरमुकामबाट २२ किलोमिटर उत्तरको ढापपोखरीमा रमाइलो गर्न र घुम्नका लागि जिल्लाका विभिन्न स्थान, सीमापारि दार्जिलिङ र पश्चिमा देशका पर्यटक पुग्न थालेका छन् ।

पोखरी र पर्यटकको आकर्षणका लागि चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले पोखरीमा विभिन्न प्रजातिका आठ हजार माछाका भुरासमेत छाडेको छ ।

वातावरण सन्तुलन र पर्यटन विकासका लागि पोखरीको विस्तारले ठूलो मद्दत पुगेको सरोकारवालाको भनाइ छ । “जिल्लाकै नयाँ र फरक गन्तव्यको रूपमा विकास भएको पोखरीलाई प्राकृतिक ढङ्गले साजसज्जायुक्त बनाउँदै पर्यटकलाई आकर्षित गर्न सकिन्छ,” पर्यटन विकासमा सक्रिय युद्ध बैद्यले भने, “आसपासका हाँगेथाम, चोयाटार, जौवारीलगायतका स्थानलाई पनि विकास गर्दै प्याकेज बनाउनु पर्छ ।”

दलदल अवस्थामा रहेको जमिनलाई पूर्वी मोहोडामा बाँध कसेपछि पोखरी विस्तार भएको हो । गुरुयोजना बनाएर यसको विकास गर्नुपर्ने मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताए । पोखरी निर्माणका लागि मेची पहाडी विकास समितिले १० लाख उपलब्ध गराइसकेको छ ।

तीन वर्षअघि संरक्षण सुरू गरिएको पोखरीमा डुङ्गा सञ्चालनको तयारी भइरहेको छ । “डुङ्गा सञ्चालन गरिएपछि पर्यटकको आकर्षण थपिने विश्वास लिएका छौँ,” संस्थाका उपाध्यक्ष निरबहादुर फागोले भने ।

पोखरीमा पानी भरिएपछि नयाँ प्रजातिका चरा समेत आउन थालेका छन् । यो पोखरीमा दुर्लभ ठक्ठके पाइन्छ । पोखरी विस्तार हुनासाथ यस तलका गाउँमा पानीका स्रोत समेत बढेका छन् ।

प्रतिक्रिया दिनुहोस