१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय जुनियर उसु बिहीबारदेखि हुने

अ+ अ-

काठमाडौं । खेलकुदका साथै सामाजिक कार्यमा संलग्न रहँदै आएको मार्सल आर्ट अर्गनाइजेसन– नेपालको आयोजनामा प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ४० जिल्लाका करिब ३ सय ५० खेलाडीको सहभागिता रहने आयोजक अर्गनाइजेसनका अध्यक्ष राजीव महर्जनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सान्सौंमा २० र थाउलोमा १८ गरी जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

सान्सौं र थाउलोतर्फ उत्कृष्ट चुनिने २ पुरुष र २ महिला गरी ४ खेलाडीलाई राष्ट्रिय टिमसंग प्रशिक्षणको अवसर दिलाउन पहल गरिने पोल्यान्डमा मार्सल आर्ट क्षेत्रको अवार्ड हल अफ फेम– २०१६ बाट सम्मानित भइसकेका अध्यक्ष महर्जनले बताए । जुनियर तहबाटै भविष्यका प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने भएकोले प्रत्येक दुई–दुई वर्षमा प्रतियोगिता गर्ने आयोजकले प्रतिबद्धता व्यक्त गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य अर्जुनबहादुर केसीले जुनियर स्तरका प्रतियोगिताले नयाँ पीढीका खेलाडीलाई खेल क्षेत्रमा लाग्न प्रेरणा दिने बताउदै प्रतियोगिता सफलताका लागि शुभकामना दिए ।

राष्ट्रिय उसु टिम तयारीमा रहेका खेलाडीको समेत सहयोगमा सञ्चालन गर्न लागिएको तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।

सामाजिक क्षेत्रमा मार्सल आर्ट अर्गनाइजेसनले विभिन्न वृद्धाश्रमका वृद्धवृद्धालाई दैनिक उपभोग्य सामाग्री र औषधि वितरण गर्नुका साथै ध्रुमुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्प पीडितलाई निर्माण गरिदिएको आवासका लागि श्रमदान गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै खेल क्षेत्रमा मार्सल आर्ट सम्बन्धी सेलफ डिफेन्स सेमिनार आयोजना गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस