१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आप्रवासी कामदारको समस्या जटिल बन्दैछ– पाठक

अ+ अ-

धनुषा । राष्ट्रिय मानवअधिकार आयोगको आयुक्त सदस्य सुदीप पाठकले १० वर्षमा आप्रवासी कामदार नै आफूहरुको मुख्य कार्यक्षेत्र हुने बताएका छन् ।

सोमबार जनकपुरमा राष्ट्रिय मानवअधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुरको आयोजनामा दुई दिवसीय आप्रवासी कामदारको मानवअधिकारसम्बन्धी सम्मेलनको उद्घाटनसत्रमा सदस्य पाठकले आप्रवासी कामदारका समस्या दिनानुदिन जटिल बन्दै गएकाले वैदेशिक रोजगारको अवस्थाबारे सूक्ष्म तरिकाले अध्ययन गरी यसको सम्बन्धमा नीति तथा कार्यक्रम निर्माण गर्नु जरुरी रहेको बताए ।

उनले थपे– “एक वर्षमा ५० जिल्लाबाट वैदेशिक रोजगारका लागि गएका घर परिवारको सकारात्मक प्रगति तथा आयव्यय तथा त्यसबाट उत्पन्न नकारात्मक पक्षसमेतको अध्ययन गरी दीर्घकालीन योजनासँगै सरकारले बजेट छुट्याउन आवश्यक भएको छ ।”

उनले अहिले राज्यले आप्रवासी कामदारको सवालमा केही लागू गरेपनि कार्यान्वयन पक्षमा आइनसकेको बताए । उनले कतारमा रहेका नेपाली कामदारबारे जानकारी दिँदै भने– कतारमा नेपाली कामदार सकुशल छन् । त्यहाँ अहिले १२ महिनाका लागि खाद्यान्न मौज्दात रहेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

जिल्लास्तरमै वैदेशिक रोजगारका समस्यालाई हल गर्न कार्यालय स्थापना गर्नसमेत उहाँले सरकारलाई सुझाव दिए । उनका अनुसार अहिले वैदेशिक रोजगार विभागमा बर्सेनि दुई हजार १०० उजुरी आउने र १० हजारभन्दा बढी उजुरीको छिनोफानो हुन बाँकी छ । रासस

प्रतिक्रिया दिनुहोस