१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्तरी हजार पर्यटकद्वारा म्याग्दी भ्रमण

अ+ अ-

म्याग्दी । आर्थिक वर्ष २०७३/७४ मा ७० हजार बाह्य पर्यटकले जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेका छन् ।

आव २०७२/७३ को तुलनामा २०७३/७४ मा २६ हजार बढी पर्यटकले जिल्लाको भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याँकअनुसार २०७३ को साउनदेखि २०७४ असारसम्म ६९ हजार ८३७ जनाले जिल्लाको भ्रमण गरेका थिए । आव २०७२/७३ मा ४३ हजार ६३२ पर्यटकले भ्रमण गरेका थिए ।

घोडेपानी पर्यटक चौकी, बेनी, भुरुङ तातोपानी र दरवाङस्थित प्रहरी चौकीले जिल्ला भित्र्ने र बाहिरिने पर्यटकको तथ्याँक राख्ने गरेका छन् । मुस्ताङको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, खोप्रा, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रिय, धौलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत ठाउँको भ्रमणका लागि यहाँ पर्यटक आउने गरेका छन् ।

घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष जुनबहादुर पुन भूकम्प र नाकाबन्दीका कारण थलिएको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको बताउनुहुन्छ । अमेरिका, बेलायत, जर्मन, अष्टे«लिया, भारत, दक्षिण कोरिया, चीन, मलेसिया, थाइल्याण्डलगायत देशका नागरिक यहाँ भ्रमणमा आउने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस