१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याङ्जाका एकजनाको स्वाइन फ्लूबाट मृत्यु, सचेत रहन आग्रह

अ+ अ-

वालिङ । स्वाइन फ्लूका कारण स्याङ्जाको वालिङका एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौँमा गत सोमबार स्याङ्जाको वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको मृत्यु भएको हो ।

“अर्यालको मृत्यु स्वाइन फ्लूका कारण भएको पुष्टि सरुवा रोग नियन्त्रण महाशाखाबाट हामीलाई प्राप्त भएको छ”, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन तथा सञ्चालक समितिका संयोजक दिलीपप्रताप खाँणले भने, “वालिङ तथा आसपासका क्षेत्रमा स्वाइन फ्लूको प्रकोप हुन सक्ने भएकाले सचेत भएर रहन स्थानीयवासीलाई आग्रह गरेका छौँ ।”

अर्यालको मृत्युसँगै अहिले वालिङ तथा आसपासका क्षेत्रमा स्वाइन फ्लूका कारण स्थानीयवासी त्रसित छन् । स्वाइन फ्लूको नमूना परीक्षणका लागि काठमाडौँबाट आज एक टोली वालिङ आउँदैछ भने आवश्यक औषधि बिहीबार नै आइसकेको छ ।

“असार २६ गते बिहान ८ बजे मृतक अर्याल अत्यधिक टाउको दुख्यो भनेर यहाँ आएका थिए”, स्वास्थ्य केन्द्रका चिकित्सक प्रवीण घिमिरेले भने, “हाल वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक एकसय जना बिरामीमा ६० देखि ७० जना टाउको दुख्ने र ज्वरोसम्बन्धी समस्या भएका आउने गरेका छन् ।”

स्वास्थ्य केन्द्रले सामान्य औषधि दिएर पोखरा, पोखराबाट ग्राण्डी अस्पताल काठमाडौँमा करिब एक हप्ता उपचार गरेपछि पुनः त्रिवि शिक्षण अस्पताल लगेको दुई दिनपछि मृत्यु भएको थियो ।

“वालिङ तथा आसपासका क्षेत्रबाट पोखरा तथा काठमाडौँमा सात–आठजना बिरामीलाई रिफर गरिसकिएको अवस्था छ”, अध्यक्ष खाँणले भने, “जो कोहीलाई पनि लामो समयसम्म रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ, घाँटीसम्बन्धी समस्या भएमा शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्रमा आउन पनि आग्रह गर्दछु ।”

स्वाइन फ्लू बंगुरबाट मानिसमा सर्ने भएकाले घर नजिकै बंगुरहरु नपाल्न पनि आग्रह गरिएको छ । स्वाइन फ्लूबाट बच्न हात नमिलाउने, अंकमाल नगर्ने, मास्कको प्रयोग गर्ने, भीडभाडमा नजान तथा सङ्क्रमित वस्तुको सम्पर्कमा नरहन चिकित्सक घिमिरेले सुझाव दिए । पछिल्लो समयमा वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढेको स्वास्थ्य केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस