काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरीफलाई पानामा लिक्स मामिलामा दोषी ठहर गरेको छ ।
सन् २०१५ मा भएको चर्चित पनामा पेपर्स प्रकरणमा नवाज शरिफका सन्तानको सम्बन्ध कर छलीको उद्देश्यले विदेशमा खोलिएका नक्कली कम्पनीहरुसंग रहेको देखिएपछि उनको परिवारको सम्पत्तिका बारे छानविन भएको थियो।
यससँगै उनी प्रधानमन्त्री पदका लागि अयोग्य भएका छन् । अब शरिफले प्रधानमन्त्री पदबाट राजिनामा दिनु पर्नेछ।