१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत र चिनियाँ सेनाबीच सामान्य झडप

अ+ अ-

भारत । महिना दिन भन्दा लामो समयदेखि विवाद रही आएको भारत र चिनियाँ सीमा क्षेत्रमा बुधबार दुवै सेनाबीच सामान्य झडप भएको खबर छ ।

उक्त उच्च हिमाली क्षेत्रमा यस्तो झडप भएको खुल्न आएको एकजना भारतीय रक्षा अधिकारीले जनाएका छन् । तर सो झडप सामान्य भएको र छोटो समयमा नै नियन्त्रणमा आएको पनि ती अधिकारीले जानकारी गराए ।

ती अधिरकारीका अनुसार चिनियाँ सेनाले उक्त उच्च हिमाली क्षेत्रमा गस्तीमा रहेका भारतीय सीमा क्षेत्रतर्फका भारतीय सेनामाथि ढुङ्गा प्रहार गरेका थिए ।

पेङ्गोङ् ताल नजिकै रहेका भनिएका भारतीय सैनिकतर्फ लक्ष्य गरेर चिनियाँ सेनाले ढुङ्गा प्रहार गरेको ती अधिकारीले जनाएका छन् ।

उक्त सीमा क्षेत्रमा रहेको हिमालय क्षेत्र लादाख, पर्यटकीय आकर्षक मानिएको छ । सोही क्षेत्रमा भारतीय सीमा सुरक्षा बल रहेको छ ।

उक्त भारतीय बलतर्फ लक्ष्य गरेर चिनियाँ सेनाले केही समय सम्म ढुङ्गा प्रहार गरेको र भारतीय सीमा क्षेत्रतर्फ प्रवेश गर्ने प्रयास पनि गरेको आरोप ती भारतीय अधिकारीले लगाएका छन् ।

‘यो एउटा सामान्य झडप हो यसबाट कतैतर्फ कुनै क्षति भएको छैन र छोटै समयमा घटना नियन्त्रणमा आइसकेको छ’ आफ्नो नाम नबताउने शर्तमा ती भारतीय रक्षा अधिकारीले एएफपी समाचार समितिलाई बताए ।

यस घटनापछि भारतीय र चिनियाँ सेना पनि आ-आफ्नो ‘ड्युटी’ मा खटिसकेका छन्– उनले भने । उक्त विवादास्पद क्षेत्रमा दुई देशका सेनाको उपस्थितिले केही समय यतादेखि विवाद उत्पन्न हुदै आएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस