२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनसेवाका पर्याय डा. गोविन्द केसी

अ+ अ-

काठमाडौं । डा. गोविन्द केसीले टिकट काटेको माइक्रोबस उनलाई लिन बिहीबार बिहानै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज आयो । त्यति बेला पेट दुखेर अस्पतालभित्र उनकै उपचार भइरहेको थियो ।

बनेपा–बर्दिबास हुँदै पूर्व जाने रुटको यात्रुवाहक माइक्रोबसले उनलाई करिब एक घण्टा कुर्‍यो । उनी जान उठेर आए । तर, अस्पतालका अन्य चिकित्सकले रोक्दै भने, ‘यो अवस्थामा मधेसको गर्मीमा नजानुहोस्, तपाईंकै लागि जोखिमपूर्ण छ ।’ उनले मानेनन् । सप्तरीको दलित बस्तीमा गएर बाढी प्रभावितलाई लागेको रोगब्याधीको उपचार गरेरै छाड्ने अडान राखे । अन्ततः चिकित्सकले सल्लाह दिए, ‘त्यसो भए जहाज चढेर विराटनगर हुँदै जानुहोस् । लामो घुम्ती बाटो गाडीमा नहिँड्नुहोस् ।’ त्यतिचाहिँ उनले स्विकारे । उनको टोली माइक्रोबसबाट यता आयो, उनी जहाजबाट ।

बिहीबार बेलुकीपख सप्तरी आइपुगेका उनी शुक्रबार बिहान ९ बजेदेखि स्वास्थ्य शिविरमा सहभागी भए । साथमा सहयोगी चिकित्सकहरू नभएका होइनन् । तैपनि मुख्य रूपमा उनी नै खटे । आमरण अनशन स्थगनको ९ दिन आराम गरेपछि डा. केसी सप्तरीमा स्वास्थ्य शिविर चलाउन आइपुगेका हुन् । २३ दिन अनशन बसेपछि बाढीपहिरोका कारण भएको असामान्य अवस्थालाई ध्यान दिँदै उनले आफ्ना माग पूरा नभए पनि अनशन स्थगन गरेका थिए । तिनै बाढीपीडितको उपचारार्थ आफ्नै स्वास्थ्य जोखिममा पार्दै उनी यहाँको दलित बस्ती आइपुगेका हुन् । कान्तिपुर दैनिकमा खवर छ ।

0 Comments