१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानवअधिकार उल्लंघन हुन नदिन आयोगको आग्रह

अ+ अ-

सप्तरी । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं. २ मा हुन लागेको स्थानीय निर्वाचनमा मानवअधिकारको उल्लंघन हुन नदिन सबैलाई आग्रह गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा बुधबार साँझ राजविराजमा स्थानीय प्रशासन निर्वाचनका पदाधिकारी र सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उनले निर्वाचनमा मतदाताको सुरक्षा, मतपेटिका सुरक्षा र दलका नेता कार्यकर्ताको सुरक्षाका साथै निर्वाचन आचारसंहिताको पालना हुनुपर्नेतर्फ स्थानीय प्रशासन लाग्नुपर्ने बताए ।

साथै, उनले राजनीतिक दलहरुबीच द्वन्द्व हुन नदिन र आपराधिक क्रियाकलाप रोक्नका लागि सबैलाई आग्रह गरे । सोही कार्यक्रममा सप्तरीका मुख्य निर्वाचन अधिकृत शम्भु कोइरालाले सप्तरी जिल्लाको स्थिति समग्ररुपमा राम्रो रहेको र र राजनीतिक दल र प्रशासन र कर्मचारीबाट सहयोग भइरहेको जानकारी दिए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले सप्तरीमा निर्वाचनको अवस्था शान्तिपूर्ण रहेको र जनता पनि अत्यन्त उत्साहित भएको बताउँदै कुने आपराधिक घटना हुन नदिन सुरक्षा निकाय गम्भीरतापूर्वक लागेको बताए ।

निर्वाचन आयोगबाट सप्तरीमा अनुगमनमा खटिएका सहसचिवद्वय रविराज रेग्मी र छवीन्द्र पराजुलीले सप्तरीमा छिटफुट घटनाबाहेक निर्वाचन आचारसंहिता उल्लंघन नभएको र सप्तरीको निर्वाचन र मतदान केन्द्रको अवस्थाबारे अनुगमन भइरहेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस