१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारोत्तोलन टोली कोरिया प्रस्थान

अ+ अ-

काठमाडौं । एसिया कप तथा अन्तर क्लब भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार दक्षिण कोरियाको योङगु प्रस्थान गरेको छ । अक्टोबर २८ देखि नोभेम्बर २ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष/महिला खेलाडी सहभागी हुनेछन् । त्यसअघि नेपाली खेलाडी त्यही ४ दिनको प्रशिक्षणमा सहभागी हुने नेपाल भारोत्तोलन संघले जनाएको छ ।

पुरुषमा दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भोरोत्तोलनका एक मात्र नेपाली स्वर्ण विजेता खेलाडी कमलबहादुर अधिकारीले ७७ केजी तथा प्रकाश केसीले ६९ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५३ केजीमा सन्जु चौधरी तथा ५८ केजीमा कमला श्रेष्ठले आ–आफ्नो क्षमता प्रदर्शन गर्नेछन् ।

प्रकाश बाहेक सबै खेलाडी राष्ट्रिय कीर्तिमानधारी हुन् । कमलको नाममा स्न्याचमा १२० र क्लिन एन्ज जर्कमा १६० केजीको कीर्तिमान छ । स्न्याचमा ६० केजी र क्लिन जर्कमा ८१ केजीको कीर्तिमान सन्जुको नाममा छ । त्यस्तै कमलाको स्न्याचमा ६८ केजी र क्लिन एन्ड जर्कमा ८५ केजीको उत्कृष्ट प्रशर्दन राष्ट्रिय कीर्तिमान हो । चारैसंग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । सन्जुले भने विदेशी भूमिमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेकी हुन् । केहि महिनाअघि नेपालमै भएको अन्तर्राष्ट्रिय प्रतियोगिगतामा भने सन्जुले सहभागिता जनाएकी थिइन् ।

प्रशिक्षकमा सञ्जय महर्जन र जीवन गौतम रहेका छन् । गौतमले टिम व्यवस्थापकको भूमिका समेत निर्वाह गर्नेछन् । अशोक शाही निर्णायकका रुपमा टोलीसंगै दक्षिण कोरिया गएका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सुरेन्द्र हमाल र सदस्य उपेन्द्र पौडेलले सातदोबाटोमा मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे । टोलीलाई भारोत्तोलन संघका उपाध्यक्ष एवं थ्री स्टार क्लबका म्यानेजर राम श्रेष्ठले प्रायोजन गरेको ट्रयाकसुट र टिसर्ट पनि श्रेष्ठ स्वयंले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सदस्य–सचिव विष्टले एसियाली खेलकुदको तयारीलाई ध्यानमा राखि पुस १ गतेदेखि राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु गर्ने बताउदै त्यसको तीन महिनापछि सक्भर खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने वा विदेशी प्रशिक्षकलाई नेपालमा झिकाएर प्रशिक्षण गराउने सोच रहेको बताए ।

प्रतिक्रिया दिनुहोस