८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनलाई सफल पार्न सकारात्मक विधि र प्रक्रिया अवलम्बन गर्नुस्ः प्रमुख निर्वाचन आयुक्त

अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित तुल्याउन सबैखाले सकारात्मक विधि र प्रक्रिया अवलम्बन गर्न निर्वाचन अनुगमनकर्तालाई निर्देशन दिएका छन् ।

पहिलो चरणमा आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अनुगमनमा खटिने नेपाल सरकारका सचिव एवं सहसचिवका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले जनताको मतबाटै लोकतन्त्रको संस्थागत हुने भएकाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन चनाखो भई दृढताका साथ कार्य गर्न सुझाव दिए ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल तथा उम्मेदवारलाई कडाइका साथ कारबाही गर्न निर्देशन दिँदै डा यादवले कतिपय जिल्लाको भौगोलिक अवस्था र मौसमानुकूल नदेखिए पनि निर्वाचन सफल तुल्याउन सरोकार भएकाम सबै पक्षसँग समन्वय र सहकार्य गरेर काम गर्न निर्देशन दिए ।

कार्यक्रममा निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन, कम खर्चिलो बनाउन, राज्यको स्रोतको हुनसक्ने दुरुपयोग रोक्न र राजनीतिक दल र उम्मेदवारबीच हुने द्वन्द्व रोक्न निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी तुल्याउन आवश्यक रहेको बताए । आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचन स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन कुनै गुनासो आउन नदिने ढंगले काम गर्न अनुगमनकर्तालाई निर्देशन दिए ।

अनुगमन टोलीमा एक उपमहालेखा परीक्षकसहित ३७ सहसचिव खटिनुहुनेछ । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधिसभातर्फ मुलुकका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मंसिर १० गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस