१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति ट्रम्पका आर्थिक सल्लाहकारद्वारा राजीनामाको घोषणा

अ+ अ-

वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका आर्थिक सल्लाहकारले पनि राजीनामा दिने घोषणा गरेका छन् । राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले मङ्गलबार राजीनामा दिने घोषणा गरेको समाचारमा जनाइएको छ ।

पछिल्ला केही दिनमा ह्वाइट हाउसभित्र स्टील र अलुमिनियम आयातमा विद्यमान नीतिमा परिवर्तन गरी केही कडाई गर्नुपर्ने विषयमा मतभेदहरु उत्पन्न भएको बताइएको छ ।

यससम्बन्धी विवरणहरु पछिल्लो समयमा बाहिर आइरहेका बेला यता आर्थिक सल्लाहकारले नै राजीनामाको घोषणा गरेका छन् ।

यस राजीनामालाई अमेरिकी सञ्चारमाध्यमहरुले राष्ट्रपति ट्रम्पका सहयोगीहरुको राजीनामाको शृंखला भनेर प्रचार गरिरहेका बताइएको छ ।

ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोन श्रृंखलाबद्ध रूपमा ह्वाइट हाउसबाट राजीनामा दिई निस्कने राष्ट्रपति ट्रम्पको सहयोगी टोलीका पछिल्लो व्यक्ति हुन् ।

विशेषगरी उनीसँग स्टिल र अलुमिनियममा कर लगाउने विषयमा ट्रम्प प्रशासनसँग विवाद उत्पन्न भएको बताइएको थियो । सोही मतभेदका कारण उनले राजीनामाको घोषणा गरेका छन् ।

त्यही कर विवादका कारण पछिल्लो समयमा राष्ट्रपति र कोनबीच राम्रो सम्बन्ध नरहेको बताउने गरिएको थियो । यसअघि सल्लाहकार कोन राष्ट्रपति ट्रम्पको प्रशासनले जारी राखेका अमेरिकामा कर कटौती सम्बन्धी विविध आयोजनाहरुका मुख्य योजनाकारका रुपमा काम गरेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले कोनलाई विशेष धन्यवाद दिएका छन् । उनले आर्थिक क्षेत्रमा विशेष दखल राख्ने व्यक्तिभन्दै अहिलेसम्म सेवा दिएकोमा कोनलाई धन्यवाद ज्ञापन गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।

उनले कामगर्ने अवसर दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । यसैबीच राष्ट्रपति ट्रम्पले आयातमा करहरु बढाउने नयाँ कार्यक्रमको घोषणा गर्नुभएको अर्को एक समाचारमा जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस