१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पाका ५० प्रतिशत महिला घरमै बच्चा जन्माउँछन्

अ+ अ-

रोल्पा । मातृ तथा बाल मृत्युदरमा कमी ल्याउने भन्दै सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि रोल्पामा अझै पनि ५० प्रतिशतभन्दा बढी महिलाले घरमै बच्चा जन्माउने गरेका छन् ।

गर्भवतीले चार पटक गर्भ जाँच गराउनुपर्नेमा ९० प्रतिशत महिलाले पहिलो जाँच र ४४ प्रतिशत महिलाले मात्र अन्तिम जाँच गराउने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ । चार पटकसम्म नियमित गर्भ जाँच नगराउने आमा तथा शिशुमा स्वास्थ्यमा नकारात्मक प्रभाव देखिँदै आएको बताइएको छ ।

नियमित गर्भ जाँच नगराएकै कारण गत वर्ष जिल्लामा ३५ मृत शिशु जन्मिएको र २८ शिशु जन्मेको एक महिना भित्रै मरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत डा तेजेन्द्र साउदले जानकारी दिए ।

गर्भवती पटक पटक स्वास्थ्य संस्थामा जान लाज मान्ने तथा स्वास्थ्य संस्थामा गएर प्रसूति गराउँदा सुरक्षित भइन्छ भन्ने चेतनाको अभावका कारण ठूलो संख्याका गर्भवतीले घरमै बच्चा जन्माउने गरेको डा साउदले बताए । “सानै उमेरमा विवाह गर्ने तथा छिट्टै गर्भवती हुँदा स्वास्थ्य संस्थामा मुख देखाउन लाज मान्छन्”, साउदले भने।

जिल्लामा जटिल प्रसूति सेवा पनि सञ्चालनमा रहेको छ । गत वर्ष यो सेवा लिने महिलाको संख्या २५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।

भौगोलिक विकटता, गरिबी, चेतनाको अभाव र पारिवारिक बोझका कारण सबै गर्भवती प्रसूतिका लागि स्वास्थ्य संस्थासम्म पुग्न नसकेको बताइएको छ । सरकारले रोल्पा जिल्लाका साबिकका सबै गाविसमा रहेका स्वास्थ्य संस्थामा प्रसूति गृह सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस