१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्कीको सेनाद्वारा सिरियाली अफ्रिन सहर नियन्त्रणमा

अ+ अ-

दमासकस । सिरियाको उत्तरी क्षेत्रमा अवस्थित अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा यहाँका अर्धसैन्य लडाकूहरुले नियन्त्रणमा लिएका छन् ।

उक्त सहरको मध्यभागमा टर्कीको सेना प्रवेश गरेको समाचार शनिबार नै आएको थियो । आइतबार सेनाले सो भागलाई पूर्ण नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

टर्कीले अफ्रिनमा हिंसा मच्चाइरहेको कुर्द लडाकू समूह वाईपीजीलाई गएको दुई महिनादेखि निशानामा पारिर खोजिरहेको थियो । उक्त समूहलाई टर्कीले आतंकवादी संज्ञा दिएको छ ।

टर्कीको सेनाको सहयोगमा रहेको टर्की समर्थित लडाकूहरु आइतबार सहरको मुख्यभागमा पुगेका थिए । त्यसपछि उनीहरुले आफ्नो नियन्त्रणमा लिएको सहरको मध्यभागमा टर्कीको झण्डा फहराएका बताइएको छ ।

टर्की र सिरियाको सीमावर्ती सहर हो अफ्रिन । यो सहर र वरपरका क्षेत्रबाट वाइपीजी भनिने कुर्द समूहका लडाकूहरुलाई हटाउने लक्ष्य टर्कीले थालेको थियो ।

उक्त क्षेत्रमा रहेका ती लडाकूलाई हटाउने क्रममा गएको दुई महिनाको अवधिमा करिब २८० जना नागरिकको ज्यान गएको थियो । मारिनेमा कुर्द लडाकूहरु पनि थिए र सर्वसाधारण पनि परेका थिए ।

सिरियाको पूर्वी गुटा क्षेत्रमा टर्की र सिरियाली सेनाले संयुक्त रुपमा कारबाही थाल्नुभन्दा केही समयअघि नै यहाँ टर्कीको सेनाको सहयोगमा टर्की समर्थित लडाकू समूहले यस्तो कारबाही थालेको बताइएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस