१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला निर्माण गरिने : मन्त्री विश्वकर्मा

अ+ अ-

पोखरा । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंशाला निर्माण गरिने बताएका छन्।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्वारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा आज पोखरा रंगशालामा आयोजित कार्यक्रममा उनले सरकारले खेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताए ।

आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लाई सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुका साथै आगामी बजेटमा खेललाई प्राथमिकतामा राख्नुपर्ने मन्त्री विश्वकर्माले बताए ।

पोखरासहित प्रदेश नं ४ मा खेल पर्यटनका अत्याधिक सम्भावना रहेको उल्लेख गर्दै उहाँले यसको उजागरका लागि सरकार लागिपर्ने धारणा राखे ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले सरकारभन्दा पनि निजी क्षेत्रबाट खेल क्षेत्रका पूर्वाधारमा लगानी भइरहेको धारणा राख्दै यस क्षेत्रको विकासमा राज्यको लगानीले प्राथमिकता पाउनुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य दीपक कोइरालाले खेलाडीलाई खेलेर जीविकोपार्जन गर्ने अवस्था नआउँदासम्म यस क्षेत्रको अपेक्षित विकास हुननसक्ने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले राज्यबाटै खेल क्षेत्र उपेक्षित भइरहेको बताउँदै राष्ट्रिय पहिचान दिने मार्सल आर्ट जस्ता खेल ओझेलमा परेको उल्लेख गरे ।

कार्यक्रममा जिल्ला बास्केट बल संघ कास्कीका अध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराललगायतले मन्त्री विश्वकर्माको कार्यकालमा उत्साहजनक रुपमा खेल क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस