१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकट गाउँमा गाउँघर क्लिनिकको भवन निर्माण

अ+ अ-

पर्वत । विकट गाउँका नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले गाउँघर क्लिनिक निर्माण गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनलको करीव छ लाख ४१ हजार आर्थिक सहयोग र स्थानीय जनसमुदायको ११ हजार २०० बराबरको श्रमदानमा फलेवास नगरपालिका–९ भँगरा उल्लेरीमा सो क्लिनिक निर्माण गरिएको हो ।
उक्त क्लिनिक निर्माण समितिका अध्यक्ष होमबहादुर पौडेलका अनुसार क्लिनिक निर्माणका लागि स्थानीय सावित्रा रिजालले झण्डै ९ आना २ पैसा १ दाम बराबरको जग्गा दान दिएको थियो ।

छैन खकार परीक्षण सुविधा

दुई गाउँपालिकामा भएका स्वास्थ्य क्लिनिकमा खकार परीक्षणका लागि माइक्रोस्कोपको सुविधा नहुँदा क्षयरोग पहिचानमा कठिनाइ भएको छ ।

जलजला र मोदी गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा खकार परीक्षणका लागि माइक्रोस्कोपको अभाव हुँदा क्षयरोग पहिचानमा कठिनाइ भएको छ ।

स्थानीय स्वास्थ्यचौकी र उपस्वास्थ्यचौकीमा पुग्ने बिरामीको खकार परीक्षण सोही स्थानमा गर्दा सहज हुने गर्छ तर लामो समयदेखि यी दुई गाउँपालिकामा उक्त सुविधा नहुँदा क्षयरोगी पहिचान गर्न कठिन भएको हो । अहिले खकारको नमूना संकलन गरेर जिल्ला अस्पतालमा रहेको ल्याबमा ल्याउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

समयमै खकार ल्याउन नसक्दा जिवाणु नष्ट हुने र पहिचान गर्नसमेत समस्या हुने जनस्वास्थ्य अधिकृत सजिना महर्जनले बताइन् ।

जलजला गाउँपालिकाले यस वर्ष माइक्रोस्कोप खरिद गर्ने कार्यक्रम राखेको छ । जिल्लामा जलजला र मोदीमा खकार परीक्षणको सुविधा नहुँदा कम बिरामी देखिएको अनुमान छ तर लामो समयदेखि नै पैञ्यु र बिहादी गाउँपालिकामा बढी क्षयरोगी देखिएका छन् । यस वर्ष फागुनसम्म ५६ जना नयाँ क्षयरोगी भेटिएका छन् ।

गत वर्ष १०० बिरामी पहिचान भएकामा ८७ बिरामीलाई प्रत्यक्ष निगरानीमा राखेर उपचार गरेपछि निको भएको कार्यालयका क्षयकुष्ठ निरीक्षक जनार्दन गिरीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस