१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तान श्रीलंका कूटनीति

अ+ अ-

इस्लामावाद । पाकिस्तान र श्रीलंकाबीचको सम्बन्धलाई थप सुदृढ बनाइने विषयमा दुई देशका नेताहरुबीच कुराकानी भएको छ ।

श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको हालै सम्पन्न पाकिस्तान भ्रमणका समयमा यस विषयमा जोड दिइएको समाचारमा जनाइएको छ ।

शनिबार श्रीलंकाली राष्ट्रपति सिरिसेना र पाकिस्तानी प्रधानमन्त्री साहिद खक्वानी अब्बासीबीच पाकिस्तानको राजधानी इस्लामावादमा भेटवार्ता भएको थियो ।

सो भेटवार्ताका क्रममा उक्त विषयमा कुराकानी भएको समाचारमा जनाइएको छ । उनीहरुबीच आगामी दिनमा सम्बन्ध सुदृढिकरणका विषयमा कुराकानी भएको थियो– पाकिस्तानको विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञिप्तमा जनाइएको छ ।

उक्त विज्ञप्तिमा उनीहरुबीच आगामी दिनमा व्यापार र लगानीका क्षेत्रमा थप कार्यगर्ने र दुवै देशका जनताबीच हुने सम्पर्कलाई अझ विस्तारगर्ने बारेमा कुराकानी भएको थियो ।

श्रीलंकाली राष्ट्रपति सिरिसेना पाकिस्तानको तीन दिने औपचारिक भ्रमणका लागि इस्लामावाद पुग्नुभएको थियो । उनको सो भ्रमण शनिबार सकिएको छ ।

सो भ्रमणको समापनका अवसरमा उनी र पाकिस्तानी प्रधानमन्त्रीबीच वार्ता भएको थियो । त्यस क्रममा श्रीलंकाली राष्ट्रपति सिरिसेनाले विगत लामो समयदेखिको सहयोगका लागि पाकिस्तानलाई धन्यवाद दिएका थिए ।

विशेषगरी श्रीलंकामा विगतमा भएको तामिल टाइगर्स्को हिंसात्मक हमला र त्यसका कारण जारी गृहयुद्धजस्तो अप्ठेरो अवस्थामा पनि पाकिस्तानले श्रीलंकालाई सहयोग गरेको राष्ट्रपति सिरिसेनाले पाकिस्तानलाई धन्यवाद दिएका थिए ।

राष्ट्रपति सिरिसेनाको यस भ्रमणका क्रममा दुई देशबीच विभिन्न विषयमा सम्झौता भएको छ ।

जसमध्ये कूटनीति क्षेत्रका कर्मचारीहरुको क्षमता अभिबृद्धि, सार्वजनिक नीतिको निर्माण तथा सरकारी कर्मचारीहरुको तालिम र अनुसन्धान क्षमताको विकासजस्ता विषयमा द्विपक्षीय सहयोग आदानप्रदानबारे सम्झौता भएको छ ।

पाकिस्तानी विदेशमन्त्रालयको सो विज्ञप्तिमा भनिएको छ– श्रीलंकाली राष्ट्रपति सिरिसेनाको यो भ्रमण दुई देशबीचको सहयोग र समझदारीको विकासमा थप सहयोगी सिद्ध भएको छ ।

त्यस भ्रमणका समयमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले पाकिस्तानको आयोजनामा हुने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कको आसन्न १९ औँ शिखर सम्मेलनको आयोजनाका लागि श्रीलंकाली राष्ट्रपति सिरिसेनासँग पनि सहयोगको अपेक्षा गरेका हुन् ।

उक्त शिखर सम्मेलन पाकिस्तानले आयोजना गर्ने कार्यक्रम रहेको भए पनि भारतले बिगतमा आफू उपस्थित नहुने भनेकोले अहिलेसम्म पनि आयोजना हुन सकिरहेको छैन । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस