२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पढाउने नाममा काठमाडौँ ल्याइएका ५२ बालबालिका घरेलु बालश्रमिक

अ+ अ-

काठमाडौं । दुर्गम जिल्ला बाजुराबाट ५२ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौं लगायत अन्य शहरमा ल्याई घरेलु बालश्रमिकका रुपमा प्रयोग गरिएको पाइएको छ ।

गत मंसिरदेखि फागुनसम्म (चार महिना) को अवधिमा केन्द्रीय बालकल्याण समितिले बालबालिकासम्बन्धी विभिन्न घटना समेटेर तयार पारिएको विश्लेषण प्रतिवेदनमा कानून विपरीत ती बालबालिकालाई घरेलु बालश्रमिकका रुपमा प्रयोग भएको पाइएको हो ।

समितिका कार्यकारी निर्देशक तारक धितालले त्यसरी प्रयोग हुन विवस बालबालिकालाई उद्धारको प्रक्रिया शुरु भएको बताए। ‘को को कहाँ कहाँ छन् भनेर खोज्ने काम भइरहेको छ, त्यसरी प्रयोग गर्नेलाई कानूनी कारवाहीका लागि पहल गरिने छ,’ उनले भने ।

उक्त चार महिनाको अवधिमा सबैभन्दा बढी फागुनमा ९६, पुसमा ३० र माघमा १४ जना बालबालिकालाई बालश्रममा प्रयोग गरिएको देखिएको छ । बालश्रमको संख्यामा निकै वृद्धि भएकाले आफूहरुलाई चिन्तित बनाएको कार्यकारी निर्देशक धितालले बताए ।

बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ ले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन निषेध गरेको छ । चौध वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि स्वरुपमा श्रमिकका रुपमा काममा लगाउन हुँदैन । अध्ययन अवधिमा बालश्रमसम्बन्धी १४० वटा घटना सञ्चारमाध्यममा प्रकाशनमा आएका थिए ।

चालू आर्थिक वर्ष २०७४/७५ को प्रथम चार महिनाको अवधि (साउनदेखि कात्तिक) मा १३ वटा बालश्रमसम्बन्धी घटना भएका थिए । बालबालिकालाई श्रममा प्रयोग गरिएको प्रकृतिलाई हेर्दा घरेलु तथा होटलमा श्रमिकका रुपमा सबैभन्दा बढी ४३ प्रतिशत रहेका छन् भने इँट्टा उद्योगमा २६ प्रतिशत (३६ जना) र पढाइ खर्च जुटाउन ३१ प्रतिशत (४४ जना) बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ ।

बालश्रममा परेकामध्ये जिल्ला बालकल्याण समिति बाँकेको समन्वयमा जिल्लाका इँटा उद्योगमा गरिएको अनुगमनबाट २० जना (१६ बालक, चार बालिका) बालबालिकालाई उद्धार गरिएको छ । पढाइ खर्च जुटाउने काममा लागेका बालबालिकाको विवरणलाई विश्लेषण गर्दा सल्यानमा बालुवा सङ्कलनमा २४ जना (१६ बालक र आठ बालिका), मकवानपुरमा आठजना बालबालिका राजमार्गमा लालीगुराँस बेच्दै, गोरखामा छजना बालबालिका भरियाका रुपमा रहेको पाइयो भने अन्य छजना खोटो सङ्कलन कार्यमा संलग्न भएको पाइएको थियो । बालश्रमिकका रुपमा प्रयोग गरिएका बालबालिकामा बालक ५६ प्रतिशत (७९जना) र बालिका ४४ प्रतिशत (६१ जना) छन् ।

उमेर समूहका आधारमा १० वर्ष वा सोभन्दा मुनिका ११ जना, ११ देखि १४ वर्षका ४४ जना र १५ देखि १८ वर्षका ८५ जना रहेका छन् । यस अवधि (मंसिरदेखि फागुन) मा १४० वटा बालश्रमका घटना प्रकाशमा आएका छन् । रासस

Leave a Reply