१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य चौकीबाट सेवा नपाउँदा गर्भवतीलाई सास्ती

अ+ अ-

पाल्पा । गाउँमै रहेको स्वास्थ्य चौकीबाट सेवा नपाउँदा गर्भवतीले सास्ती खेप्नुपरेको छ ।

रामपुर नगरपालिकाको डाँडा भेगमा अवस्थित दर्छा स्वास्थ्य चौकीबाट गर्भवती भएका महिलाले सेवा नपाउँदा घण्टौँ हिँडेर अन्यत्र जान बाध्य छन् ।

गर्भवती भएका बखत आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे गर्भ परीक्षण गर्न स्वास्थ्य चौकीमा पुगेका गर्भवतीलाई कर्मचारीले सिधै अन्यत्र अस्पतालमा जान सल्लाह दिने गरेको उनीहरु बताउँछन् ।

गाउँमै रहेको स्वास्थ्य चौकीबाट सेवा नपाएपछि तीन घण्टाको बाटो पैदल हिँडेर रामपुर अस्पतालमा जाने गरेको रामपुर नगरपालिका– ४ दर्छा मौलाथर बस्ने गर्भवती सिर्जना विकले बताए । उनी गर्भवती भएको आठ महिना भयो, अहिलेसम्म रामपुर अस्पतालमै पुगेर नियमित गर्भ परीक्षण गर्दै आएको विक बताउछिन् ।

‘घर नजिकै स्वास्थ्य चौकी छ । स्वास्थ्य चौकीको बाहिरपट्टी गर्भवती महिलाको स्वास्थ्य परीक्षण गरिन्छ भनेर लेखिएको छ तर यहाँ आउँदा स्वास्थ्यकर्मी आफैँले अन्यत्र जानुहोस् भन्छन् ।’, उनले भनिन् ।

स्वास्थ्य स्वयम्सेविका मिठ्ठु मल्लले गाउँकै स्वास्थ्य चौकीबाट गर्भवती महिलाले सेवा लिन नपाउँदा निकै दुःख लागेको बताए । ‘गाउँगाउँमा पुगेर नियमित गर्भ परीक्षणबारे जनचेतना फैलाउँदै हिँड्छुु तर आफ्नै गाउँकै स्वास्थ्य चौकीले सेवा दिन नसक्दा निकै चिन्ता लागेको छ’, मल्लले भने ।

स्वास्थ्य चौकीमा गर्भ परीक्षण गर्न आउँदा कर्मचारीले नै यहाँ परीक्षण गर्ने कुनै पनि साधन छैन, रामपुर अस्पतालमा जानुहोस् त्यहाँ राम्रो छ भनेर पठाउने गरेको श्याममाया थापा बताउछिन् । सोही ठाउँकै माया रानालाई पनि बच्चा बसेपछि परीक्षण गर्न जाँदा स्वाथ्यकर्मीले यहाँ गर्भ परीक्षण गरिँदैन, अन्यत्र जान भनेपछि उनी पनि रामपुर अस्पतालमै पुगिन् ।

दरबन्दी अनुसार कर्मचारी नहुनु, गर्भ परीक्षण गर्ने साधन स्रोत नहुँदा यहाँ आएका गर्भवतीलाई रामपुर अस्पतालमा पठाउन बाध्य रहेको दर्छा स्वास्थ्य चौकीका प्रमुख रामकिशोर राय बताउछिन् । ‘दरबन्दीको अभाव, स्रोत साधनको अभावमा तोकिए अनुसारका सेवासुविधा दिन नसक्दा गाउँका जनताले निकै सास्ती भोग्नुपरेको छ’, उनले भने ।

नियमितरुपमा गर्भ परीक्षणकै लागि घण्टौँ समय खर्चिएर उकालो ओरालो गर्दै रामपुर अस्पतालसम्म पुग्न यहाँका महिलालाई निकै कठिन छ । यो विषयमा पटकपटक स्थानीयवासीले आवाज उठाए पनि सम्बन्धित निकायको सुनुवाइ नहुँदा गाउँका जनता मारमा परिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस